११ जेठ
पर्वत – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।
पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका लागि आफ्नो साथ सहयोग रहने बताएका हुन् ।
‘धर्म स्वतन्त्र हुनुपर्छ । धर्म न सापेक्ष न निरपेक्ष । धर्म जहिले पनि स्वतन्त्र हून्छ भन्दै कांग्रेसको झण्डामा उल्लेखित चार तारा मध्ये एउटा तारा धार्मिक स्वतन्त्रता उल्लेख गरेको वताउनू भयो । पर्वतलाई चिनाउने महान कार्यको सफलताको शुभकामना दिनूभयो । तपाईंहरुलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।
उनले धर्मनिरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै धार्मिक स्वतन्त्रताका लागी आफूले साथ दिने पनि बताए ।
नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ । धर्म न सापेक्ष न निरपेक्ष, स्वतन्त्र हुन्छ,’ उहांले थप्नूभयो ।
आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दु संस्कारबाट आएको बताउनू भयो ।
महामन्त्री कोइरालाले बेलाबेला हिन्दुराष्ट्र हुन पर्छ भनेर टिकाटिप्पणी गर्दै आएका छन् । भारतमा सम्पन्न लोक सभा निर्वाचनमा हिन्दुवादी पार्टी भाजपाले चुनाव जितेको छ ।
पर्वतमा विश्वकै ठूलो शिव पार्वतीको मुर्ति स्थापना गर्ने, २०८ कोठाको धर्मशाला बनाउने र सिस महल बनाउने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी, पण्डित इश्वरकृष्ण भुर्तेल, पूर्व मन्त्री दिपक गिरी, नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले बोलेका थिए ।
उक्त ११ दिन सम्म संचालन भएको गुप्तेश्रर विराट कोटीहोम महायज्ञको समापन कार्यक्रमको अध्यक्षता मूल आयोजक समितिका अध्यक्ष पृथ्वी नारायण शर्माले गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव अच्यूत तिवारीले गर्नु भएको थियो ।
महायज्ञको समापन सम्म ३ करोड ८२ लाख नगद संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले जानकारी दिनूभयो । कूश्मा नगरपालिका वडा नं. ४ निवासी सागरकर्माचार्य वाट यज्ञस्थलको कोटीहोम गरेको १ रोपनी जग्गा,त्यसै सग सटेको कूश्मा नगरपालिका वडा नं. ७ आचार्य टोल वस्ने स्वर्गिय दुर्गादत्त आचार्यको परिवारवाट १ रोपनी र कूश्मा नगरपालिका वडा नं. ५ वस्ने तिलक काप्ले वाट १४ आना जग्ग दान प्राप्त भएको आर्थिक समितिका संयोजक कमलनाथ पोख्रेलले जानकारी दिनू भयो । आज नै कोटीहोमका सम्पूण कार्यक्रम समापन भएको आोजक समितिका मूल संयोजक पृथ्वीनारायण शर्माले जानकारी गराउनू भयो । यस सम्वन्धमा आर्थिक खर्च तथा आम्दानीको विवरण छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउने मूल समितिका उपाध्यक्ष तथा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी गराउनू भयो ।