९ जेठ
पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज नवौदिन आज पनि भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । यज्ञको नवौ दिन आज पूर्व सभामूख तारानाथ रानाभाटले यज्ञको सफलताका लागी शुभकामना व्यक्त गर्नु भयो । उहांले तागाधारीहरुको पूरानो सनातन हिन्दू धर्म भएकाले यस्को संरक्षणमा नेपालका राजनैतिक दलहरु एकजूट भएर लाग्नू पर्नेमा जोड दिनू भयो । नेपाललाई हिन्दूराज्य घोषणा गर्न पनि माग गर्नूभयो ।

त्यसै गरि संविधानसभाका सदस्य नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले पर्वतलाई विश्वमा नै चिनाउने सवैभन्दा अग्लो शिवपार्वतीको मुर्ति निर्माणका लागी पर्वतवासी सवैलाई खुलेर सहयोग गर्न आहन गर्नुभयो । आफूले पर्वतका लागी गरेको योगदान सवैका सामू रहेकाले सोचेजति काम गर्न नसकेहूला तर पर्वतको शिर झूकाउने काम कहिले नगरेको वताउनू भयो ।
शिव पार्वतीको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम आज नवौ दिन सम्म ३ करोड ७० लाख संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले वताउनू भयो ।  ३ करोड २० लाख नगद र ५० लाख वरावरको जग्गा प्राप्त भएको तथा नवौं दिन सम्म एक करोड होमन भएको मूल आयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोख्रेलले वताउनू भयो । आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा भोली नवौंदिन झाकी सहित कथावाचन हुने आयोजक समितिका महासचिव अच्यूत तिवारीले जानकारी दिनू भयो।