८ जेठ
पर्वत – पर्वतको कुश्मा नगरपालिका वडा नं ८ स्थित पोखरा–बागलुङ सडकमा बुधवार दिउँसो जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिवाङबाट पोखराको लागि छुटेको ढोरपाटन नगरपालिकाको ग २ च ५९८१ नम्बरको गाडी कुस्मा नगरपालिका चुवामा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक ढोरपाटन नगरपालिका वडा नं ६ का ३१ वर्षिय धनबहादुर कामी, सोहि ठाउँका ११ वर्षियाा मोना बिक, पोखरा उपमहानगरपालिकाका अभिशेष काफ्ले र ढोरपाटन नगरपालिका ९ का वर्ष ४६ का सोनाम गुरुङ घाईते भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनृुभयो ।

घाईते मध्ये चालक कामीको अवस्था गम्भीर रहेको र अन्य घाईतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भई डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
चालक धनबहादुर कामीलाई भने थप उपचारका लागी फेवासीटी अस्पताल पोखरामा पठाईको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी गराउनू भयो ।