७ जेठ
पर्वत । थापाठाना देखी कुश्मा आउदै गरेको जिपले पर्वतको कटुवा चौपारीमा कुश्मा वाट जादै गरेको मोटरसाईकललाई ठक्कर दिदा मोटर साईकल चालक गम्भिर घाईते भएका छन् । ध १ प १६७० नम्वरको मोटरसाईकल चालक सूसिल पाण्डे गम्भिर घाईते भएका छन् । फलेवास नगरपालिका वडा नं. ७ लिमिठाना निवासी पाण्डे लिमिठाना घर तर्फ जादै गरेका थिए ।
ग १ ज ५५१४ नम्वरको जिपले कटुवाचौपारीको साईकलचोक नजिकको घुम्तिमा ठक्कर दिएको ट्राफिक प्रहरी हवल्दार राजकूमार कूवरले जानकारी दिनू भयो । जिप चालक धुर्व पून प्रहरी नियन्त्रणमा रहेका छन् ।
घाईतेको पर्वत अस्पतालमा सामान्य उपचार गरि पोखरा लगिएको छ । उनको खुट्टा र हातमा गम्भिर चोट लागेको छ ।









