६ जेठ
पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज छैठौ दिन भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको छैठौ दिनका गतिविधिहरुको प्रदेश सांसद जूनादेवी नेपालीले शुभारम्भ गर्नु भयो । उहांले नेपालको सनातन हिन्दू धर्म पूरानो भएकाले यस्को संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता रहेको वताउनू भयो । गण्डकी प्रदेशकाट हूने सहयोगका लागी आफू प्रतिवद्ध तरिकाले लाग्ने वताउनू भयो ।
उहांले व्यक्तिगत रुपमा १ लाख जम्मा गरेर शिवपार्वतीको मुर्तिस्थापनाका लागी संस्थापक वन्ने घोषणा गर्नु भयो । पश्चिमी देशहरुले हिन्दूधर्मलाई पच्छाउदै गएकाले पनि यस्को महत्व रहेको वताउनू भयो ।


पैयू गाउंपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले पर्वत जिल्लाको केन्द्र कूश्मा वजारमा अवस्थित गुप्तेश्रर गुफा लगायतका स्थानहरुको प्रचार प्रसार गरि धार्मिक पर्यटन भित्राउन यस महासज्ञ सफल हूने धारणा राख्नू भयो । उहांले शिवलिड्ग स्थापनाका लागी ५१ हजार सहयोग गरेर संस्थापक वन्नू भएको छ ।
प्रमूख कथा वाचक ईश्वरकृष्ण भुर्तेलको प्रस्तुतिकरणले भक्तजनहरु मन्त्रमूग्न भएका छन् । आज पनि यज्ञस्थलमा भक्तजनहरुको उपस्थिति अन्य दिनको तुलनामा धेरै रहेको थियो । विच विचमा भजन,कृतन,झाकीले यज्ञ स्थलमा भक्तजनहरुको आकर्षण वढाएको छ ।


१ त्यसै गरि १०८ शिवलिड्ग निर्माणका लागी ६० जनाले रु ५१ हजार जम्मा गर्ने घोषणा गरेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महायज्ञका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी गराउनु भयो ।
आजको भक्तजनको उपस्थितिले धार्मिक स्थलहरुको प्रवर्धन र त्यस संग सम्वन्धित पर्यटकहरुलाई आकर्षित गर्न थप वल पूगेको मूल संयोजक पृथ्वी नारायण शर्माले वताउनू भयो ।
शिव पार्वतको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम आज छैठौ दिन सम्म २ करोड २५ लाख संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले वताउनू भयो ।  छैठौ दिन सम्म ६२ लाख होमन भएको मूल आयोजक समितिका कोषाध्यक्ष कमल पोख्रेलले वताउनू भयो ।
आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा भोली सातौ दिन झाकी सहित कथावाचन हुने आयोजक समितिका महासचिव अच्यूत तिवारीले वताउनू भयो।