५ जेठ

काठमाडौं । भारतमा चलिरहेको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आइतबार बिहानदेखि भइरहेको छ ।

आठ राज्यका ५९ सिटमा मतदान भइरहेको हो । यो चरणमा भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी पनि चुनावी मैदानमा छन् ।

मोदीसहित ९१८ जना चुनावी मैदानमा आफ्नो भाग्य खोजिरहेका छन् । ५९ सिटमा पंजाब राज्यबाट १३, हिमांचल प्रदेशबाट ४, उत्तरप्रदेशबाट १३, बिहारबाट ८, पश्चिम बंगालबाट ९, मध्यप्रदेशबाट ८, झारखण्डबाट ३ तथा चन्डिगढबाट १ सिटमा चुनाव भइरहेको हो ।

यसअघि ६ चरणमा ५ सय ४३ मध्ये ४८३ सिटका लागि मतदान भइसकेको छ ।

यो ५९ सिटमा सन् २०१४ मा एनडीएले ४० सिट जितेको थियो । यो चरणमा सन् २०१४ मा ६४.५३ प्रतिशत मत खसेको थियो ।

मोदीसहित हालै काँग्रेस प्रवेश गरेका बलिउड अभिनेता शत्रुघन सिन्हा, केन्द्रीय मन्त्री रविशंकर प्रसाद, अनुराग ठाकुर, भोजपुरी अभिनेता रविकिशन, बलिउड अभिनेता सनी देओल, हरसिमरत कौर लगायतका उम्मेदवार मैदानमा छन् ।