५ जेठ

धादिङ  : धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।

अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो ।