२ जेठ
काठमाण्डौं । काठमाण्डौंको कालोपुलमा एक युवतिमाथि एसिड प्रहार भएको छ । एसिड प्रहारबाट २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनको अनुहार, छाति, हातलगायतका शरीरका धेरै अंग जलेका काठमाडौं प्रहरी परिसर होविन्द्र बोगटीले जानकारी दिएका छन् । एसिड प्रहार गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।









