२८ बैशाख

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ अर्मला स्थित डिहिगाउँ बस्ने वर्ष २८ वर्षीय राजु विकलाई आफ्नै भाईले टाउकोमा प्रहार गरेको समाचार छ ।

विकलाई आज दिउँसो भाई आफ्नै १८ वर्षीय अर्जुन बि.क.ले ढुंगाले टाउकामा प्रहार गरेका हुन् । प्रहरीका अनुसार दुई दाजुभाईबीच घरायसी कारणले झगडा भएको र झगडाकै क्रममा भाईले हानेको ढुङ्गा दाजुको टाउकोमा लागेको हो ।

टाउकोमा गम्भीर चोट लागेको र उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको बताईएको छ । दाजुभाईबीच केहिबेर भनाभन भएको र भाईले एक्कासी ढुङ्गा उठाएर दाजुको टाउकोमा प्रहार गरेका थिए । घटनाबारेमा स्थानीयले कास्की प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको बताईएको छ ।