२८ वैशाख
पर्वत । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सूव्वा गूरुङ्गले संघिय सरकार एक वर्ष अल्मलिएको आरोप लगाउनू भयो । प्रदेश सरकार तथा स्थानिय तहलाई पूर्ण अधिकार सहितको स्पष्ट खाका दिनू पर्नेमा संघिय सरकार अल्मलिएको कारण प्रदेशले पूर्ण रुपमा कार्य गर्न नपाएको वताउनू भयो । प्रदेशको कार्य स्पष्ट नभएका कारण नै प्रदेशको वजेट कम खर्च भएको वताउनू भयो । यो वर्ष प्रदेश सरकारले ८० प्रतिशत सम्म वजेट खर्च गर्ने लक्ष्य राखेको वताउनू भयो ।
वजेट खर्च नहूनूमा पूरानो कर्मचारीतन्त्र वाधक भएको वताउनू भयो । अहिले सम्म पनि पूरानै पारामा कर्मचारीले काम गरेका कारण परिवर्तन नदेखिएको वताउनू भयो । प्रदेशले मूख्य मूख्य योजनामा वजेट विनियोजन गर्ने र सानो सानो काम स्थानिय तहले नै गर्नु पर्ने धाराणा राख्नूभयो ।
संघिय सरकारको अन्तराष्ट्रिय सम्वन्ध कायम गर्नेहो,राज्यलाई चाहिने निति विधि वनाउने हो विकासका कामहरु प्रदेश र स्थानिय तहले गर्ने हो यस्मा संघिय सरकार पूर्वाग्रही भएको वताउनू भयो ।
गण्डकी प्रदेशको समृद्धिका लागी प्रति व्यक्ति आय २ हजार राखेको पू-याउने लक्ष्य राखेकाले त्यसै अनूरुप कार्य अगाडी वढाएको धारणा राख्नू भयो ।
पत्रकारको प्रश्नमा उत्तरदिदै गण्डकी प्रदेशमा रेडलाईट एरिया वनाउने योजना हाललाई नरहेको धारणा राख्नू भयो । तर उद्योग वन तथा पर्यटन मन्त्रालयले भने ईन्जोयजोनको नाम दिएर फेवा तालमा कफि हाउस सम्म खोल्ने योजना सार्वाजनिक गरेको छ ।
स्थानिय तहमा विकासको समन्वय गर्ने कस्ले प्रमूख जिल्ला अधिकारी कस्को माताहतमा रहने र समन्वय कस्ले गर्ने अन्यौल रहेको वताउनू भयो । प्रेस संगठन पर्वतले गरेको पत्रकार सम्मेलनमा उक्त कूरा वताउनू भएका हो । उक्त कार्यक्रमको संचालन प्रेस संगठनका गणेश गिरीले गर्नुभएको थियो ।