२७ वैशाख
कुश्मा पर्वत । प्रहरी कार्यालय पर्वतले सामूदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सवारी दुर्घटना न्युनिकरण सम्वन्धमा सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तर्क्रिया गरेको छ ।
सवारी दुर्घटना न्युनिकरणका लागी स्थानिय सरोकारवालाहरुसंग अन्तरकृया तथा छलफल भएको थियो । छलफलका क्रममा अहिले भईरहेको वाटो विस्तारले गर्दा समेत दुर्घटना बढिरहेको र स्थानियहरुमा काम ढिला हुन गएकोले सास्ती समेत खेप्नु परेको, ट्राफिक व्यवस्थापन, पार्किङ्गको उचित व्यवस्थापन, बाटोमा छाडिएका निर्माण सामाग्रीहरुको व्यवस्थापन, ग्रामिण भेगमा चल्ने सवारीहरुमा भाडा नियमागमन लगायतका विषयहरु सरोकारवालाहरुले उठाएका थिए ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्वन्धित सरोकारवालाको प्रश्नलाई समाधान गर्ने प्रयास गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले ट्राफिक प्रहरीको सहकार्यमा सडक दुर्घटनाका कार्यहरुलार्र्इ कमी ल्याउने प्रतिवद्धता जनाएका थिए । मध्ये पहाडी योजना प्रमुख सहतिको छलफलमा पोखरा वाग्लुड सडकको निर्माण अवस्थाको वारेमा समेत छलफल भएको थियो ।
बजारमा ट्राफिक जनचेतनामुलक होर्डिङवोर्ड, बजार भित्रको निर्माण सामाग्री व्यवस्थापन र ट्राफिक नियम उल्लघंन गर्नेलाई सुधारको वाटो तर्फ लैजान जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई  निर्देशन दिईएको थियो ।
तर उक्त कार्यक्रममा नागरिक समाजका संघ संस्थाहरु तथा संचारकर्मीलाई खवर गरिएको थिएन । पिडित सरोकारवाला सहितको छलफल गरेमा थप निकास आउने कार्यक्रमका सहभागीले वताएका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजन रायमाझीले गरेका थिए।