२६ वैशाख
पर्वत । नेपाली कांग्रेस पर्वतका पूर्व पार्टी सचिव सोमलाल आचार्यको निधन भएको छ । वैशाख २५ गतेको जनजागरण अभियानमा दिनभरी कार्यक्रममा उपस्थित भएका आचार्य वेलुका राती ११ वजे एक्कासी प्रेसर वढेर अचेत अवस्थामा ढलेका थिए । विरामी भए पछि तुरुन्तै जिल्ला अस्पतालमा लगे पनि उनको उपचार हुन नसकी अकल्पनिय मृत्यू हुन गएको थियो ।


नेपाली कांग्रेस पर्वतका पूर्व पार्टी सचिव,वर्तमान सल्लाहकार तथा कृयासिल सदस्य आचार्यको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले कांग्रेसको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए । आचार्यको पार्थिव शरिरलाई पर्वत पार्टीकार्यालयमा ल्याई एक मिनेट मौन धारण गरिएको थियो । जिल्ला पार्टी सभापती खिम प्रसाद भूसाल,उपसभापती दुर्गा वहादूर खत्री,पार्टी सचिव विश्व प्रकास प्रसाई,यूक्त प्रसाद श्रेष्ठ लगायत महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,जिल्ला कार्यसमितिका सदस्यहरु भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस पर्वतले आज आयोजना गरिएको जनजागरणका सवै कार्यक्रम स्थगित गरेको छ । कांग्रेसले एक शोक प्रस्ताव पारीत गर्दै पार्टीका लागी लगनशिल,अनुशासित कृयाशिल एउटा खम्वा गूमाएको वताएको छ । यस्ले पार्टीमा अपूरणीय क्षेति पूगेको भन्दै पार्टीमा उनले गरेको योगदान अविस्मरणीय रहने जानकारी गराएको छ । आजै उनको पार्थिव शरिरलाई कालिगण्डकी नदिमा दाहसंस्कार गरिएको छ ।
आचार्यका श्रीमती,२ छोरी २ छोरा तथा वुहारीहरु रहेका छन् ।