२५ बैशाख
पर्वत। नेपाली काँग्रेस पर्वतले राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । अभियानको केन्द्रिय सदस्य तथा पूर्व सचेतक चिनकाजी श्रेष्ठले पिपलको विरुवामा जल सेचन गरेर उद्धघाटन गरेका छन् ।
श्रेष्ठले पाटीमा गुटबन्दी अन्त्य गर्न र जनताको भावना मर्म बुझ्न देशव्यापी अभियान शुरु गरीएको बताए । पाटीका साथीहरुको असन्तुष्टि,कुण्ठाहरु प्रष्ट एक अर्को साथीका विचमा राखेर छलफल गर्न पनि यस अभियानले सहयोग गर्ने छ । कार्यक्रममा धेरै भाषण गर्ने, आसन ग्रहणका सौखीनहरुको अन्त्यका लागि जागरण अभियान आवश्यक रहको उनले बताए । श्रेष्ठले महिना दिने कार्यक्रमको तय भएर पर्वतबाट सोही अनुसार अभियान थालेको बताए ।
अभियान अन्तरगत प्रत्येक वडा तहमा पुगेर कार्यक्रम, प्रशिक्षणसँगै जनतासँग बर्तमान सरकारले गरेका ज्याजतीका विरुद्धमा सचेतना जगाउने बताए ।

बुधबार बाट शुरु भएको औपचारीक जागरण अभियान पर्वतको दक्षीणी भेगबाट सञ्चालन गरीने पर्वत काँग्रेसले जनाएको छ ।
पार्टी सभापति खिम प्रसाद भुसालले फलेवास महाशिला, विहादी र पैयुँबाट गाउँ जागरण थालिने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद ललितकला गूरुडले संविधानमा व्यवस्था भएको महिलाहरुको अधिकारलाई व्यवहारमा उतार्न सरकार संग माग गरिन । कांग्रेसले मात्र ३३ प्रतिशत पार्टीमा सहभागीता महिलाहरुको वनाएको तर नेकपा पार्टीमा महिलाहरुको स्थान नै नभएको वताएकी थिईन ।
उक्त कार्यक्रममा नेकपा त्यागेर तत्कालिन एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवाका रामचन्द्र घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई केन्द्रिय सदस्य तथा कायक्रमका प्रमूख अतिथि चिनकाजी श्रेष्ठले पार्टी सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता पार्टी सभापती खिम प्रसाद भूषालले गरेका थिए भने स्वागत उपसभापती दुर्गा वहादूर खत्रीले गरेका थिए । कार्यक्रमको उद्धेश्य माथी पूर्व पार्टी सभापती नवराज गूरुडले प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन पार्टी सचिव विश्व प्रकास प्रसाईले गरेका थिए ।
कार्यक्रममा गाउँ तहका नेपाली काँग्रेसका पार्टी कार्यकर्ताको सहभागिता रहको थियो । पार्टीको केन्द्रिय सर्कुलर अनुसार छोटो आसन ग्रहण र कम वक्ता भएको नेपाली कांग्रेस पर्वतको पहिलो कार्यक्रम रहेको थियो ।
भोली भातृ तथा शुभेक्षूक संस्था सग छलफल तथा अन्तरकृया रहेको छ ।









