२४ वैशाख
पर्वत । मोदी गाउँपालिका वडा नम्बर ५ बाजुङ्ग लाम्पटमा कलमपोखरी पौडेल कुल मन्दिर निमार्ण समितिले निमार्ण गर्न लागेको बराह मन्दिरमा सहयोग प्राप्त भएको छ ।
आज कुस्मा नगरपालिका ६ निवासी नारायण शर्माले मन्दिर निमार्ण समितिका अध्यक्ष रविलाल पौडेल र निमार्ण समितिका सचिव चन्द्र प्रकाश पौडेल‘सुमन’ लाई संयुक्त रुपमा रु ५५ हजार ५ सय ५५ रुपयाँको चेक हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै शर्माले कुल र वशंजको रक्षार्थ कलमपोखरी पौडेल बन्धुहरु लाग्नु निकै उदाहारणीय रहेको बताए । आफ्ना कुलदेवताको संस्कार र उनीहरुले देखाएको सत्कर्ममा लाग्न यस्ता कार्यले थप टेवा पु-याउने उनको भनाई छ ।
मन्दिर निमार्ण समितिका सह सचिव चन्द्र प्रकाश पौडेलका अनुसार बाजुङ्ग लाम्पट पौडेल कुल मन्दिर निर्माण समितिले कुल मन्दिर सहित पानीको सहज पहँच पु¥याउन पानी ट्याङकी समेत निर्माण गर्न लागेको छ ।
अहिले बाजुङ्ग लाम्पटमा रहेका कलमपोखरी पौडेल कुल मन्दिरमा आवद्ध १ सय १३ जनाले मन्दिर सहित १ सय ८ दिप स्ट्याण्ड र सत्तल निर्माण गर्न जुटेका छन् ।