२२ बैशाख
मणि प्रसाद गैेह्रे कपिलवस्तु , नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले के पी ओली नेतृत्ववको वर्तमान सरकार पुर्णरुपमा बिफल भएको आरोप लगाएका छन । दुई तिहाई सरकारले एक बर्षको दौरानमा माखो पनि मार्न नसकेको भन्दै उनले बाकी ४ पनि केही गर्न नसक्ने महामन्त्री कोईरालको दाबी छ । नेपाली कांग्रेस साविक क्षेत्र नम्बर २ कपिलवस्तुले मायादेबी गाउपालिको डुमरामा राखेको सभालाई सम्बोधन गर्दै उनले सरकारले जनतालाई पुरा नर्ग नसक्ने सपनाको पोका बाडेको बताए ।
‘ सरकार टोलल बिफल भयो, बाकी चार बर्ष पनि केही नर्ग सक्दैन ’ उनले भने ‘ जनताालाई खाली पुरा नहुन सक्ने सपना मात्र बाडिरहेको छ ’ । किशानलाई पानी दिन नसक्ने सरकारले पानी जहाजको कुरा गर्नु हास्यास्पद रहेको उनी बताउछन । उनले कांग्रेस सदनमा सशक्त प्रतिपक्षको भुमिका आशा गरे अनुसार निभाउन नसकेको स्विकार गदैृ उनले सरकारको कमी कमजोरीका बिषयमा कांगे्रसले जोडदार आवाज भने उठाएको दाबी गरे ।
‘ कांग्रेस सदनमा हरेका बिषयमा आवाज उठाएको छ तर मिडियाकासाथीहरुले हामीलाई बेवास्ता गरका छन ’ मिडियाप्रति असंतुष्टी ब्यक्त गर्दै उनले भने । उनले अर्को पटका निर्वाचनमा कांग्रेसको जीत हुने ठकुवा गरे । ‘ कांग्रेसलाई कसैले हराउन सक्र्दैन तर कांग्रेसमा साचो एकता हुनु पर्छ । उनले कांग्रेसलाई कांग्रेसी बाहेक अरु कसैले ह राउन नसक्ने भन्दै गुट र उप गुट अन्त्य गर्नु पर्ने उनको भनाई छ ।
उनले २०४८ साल पछि कांग्रेस १५ र एमाले १३ बर्ष सरकारको नेतृत्व गरेको र कांग्रेसको पाला मै सडक पुल बिश्व बिदालय, स्वास्थ्य लागतयका क्षेत्रमा फडको मारकोे उनले बताए । सोही अवसरमा कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले सरकार भ्रष्ट्रचारमा डुबेको आरोप लगाए । उनले दुई तिहाईको सरकार आफै सकिएर जाने बताए ।
विभिन्न पार्ट परित्याग गरि २ सय वढि कागे्रसमा प्रवेश गरेका छन् । सविधान सभा सदस्य इन्द्रवती यादव , नया शत्ति पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र तिवारी,मधेसवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ लगायत २ सय ५० बढि लाई महामन्त्री कोइरालाले फुल माला लगाई पार्टीमा प्रवेश गराए । केन्द्रिय सदस्य एवं पुर्व मन्त्री दिपक गिरी, केन्द्रिय सदस्य एवं सांसद अतहर कमाल , कार्यक्रममा पुर्व मन्त्री दिप कुमार उपाध्याय, अफताव आलम, जिल्ला पार्टी सभापति एवं पुर्व राज्य मन्त्री सुरेन्द्रराज आर्चाय लगायतले वर्तमान सरकारलाई झटको संज्ञा दिए ।
कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुभाकर पाण्डेय, क्षेत्रिय सभापति गिरिजेश पाण्डेय, ने वि संघ पुर्व उपाध्यक्ष सागर परियार महामन्त्री कुन्दनराज काफ्ले, सह महामन्त्री प्रकाश घिमिरे, महिला संघ केन्द्रिय सदस्य सुमित्रा शर्मा लयायतले पार्टीको बारेमा धारणा राखेका थिए । क्षेत्रिय सभापति अब्दुल मन्नान खांको अध्यक्षता र मोहम्मद वोजिह अरसदको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।









