१५ वैशाख
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी कानुन निर्माणमा आफ्नो भूमिका रहने बताएका छन् । प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउने उनले बताए ।
आइतबार नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, प्रेसमैत्री कानुन निर्माणलगायतका १६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र प्रचण्डलाई बुझाएका छन् । सो ध्यानाकर्षण पत्रमार्फत महासंघले जायज माग राखेको प्रचण्डले बताए ।









