१० बैशाख

पोखरा । सोमवार राति सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा ६ जना यात्रु घाइते भएका हुन् ।

दुर्घटना पछि बस चालक फरार छन् । घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, उनकी पत्नी ४८ वर्षीय कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीय धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।