२९ चैत्र

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले कर बढाएपनि जनतालाई सेबासुबिधा नदिएको आरोप लगाएका छन् । प्रम ओलीले जनतालाई अनावश्यक कर बढाएर दुख दिएको बताउँदै सभापति देउवाले प्रधानमन्त्रीको नाम ‘करप्रसाद ओली’ हुनुपर्ने तर्क गरे ।

‘सरकारले यति धेरै कर लगायो कि अब प्रधानमन्त्री ओलीको नाम नै ‘कर प्रसाद ओली’ राख्नुपर्ने भयो’ नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा विहीबारदेखि सुरु तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले भने, ‘उनले करकै कारण मानिसहरु ठूलो मर्कामा परेको भन्दै मलाई गुनासो आउने गर्छ ।