३० फागुन

पोखरा — पोखराका दुई ठाउँमा शंकास्पद बस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै अज्ञात समूहले शंकास्पद वस्तु राखेको र अहिले त्यसको सेनाले जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

सभागृहचोकमै रहेको ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्रै प्लाष्टिकको जस्तो बट्टा बेरिएको र केही तारहरु पनि छन्। बिहान ५ बजेतिर कसैले ल्याएर छाडेको स्थानीयले प्रहरीलाई बताएका छन्। विष्फोटक पदार्थ रहेको आशंकामा उक्त स्थान अहिले सेना र प्रहरीको नियन्त्रणमा छ। सवारी र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ।

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले बिहीबार राखेको नेपाल बन्दको क्रममा सोही पार्टीको कार्यकर्ताले यस्ता शंकास्पद वस्तु राखेकेा हुनसक्ने प्रहरीको अनुमान छ।