२८ फागुन

सचिन्द्र श्रेष्ठ,अबुधाबी स्थित नेपाल राजदुताबासले युनाइटेड अरब इमिरेट्स ( युएई )का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी दुताबासका कर्मचारी पुष्कल लामालाई तोकेर आफ्नो पहिलो कामको सुरुवात गरेका छन् ।

नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको ,सेवा ग्राही ले सधै यसका बारेमा गुनासा,समस्या आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दिएको राजदुतले बताएका छन् ।
नेपाली राजदूतावास अबुधाबीबाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरुका बारेमा सोध पुछ गर्नुपरेमा दूतावासमा कार्यरत कर्मचारी श्री पुष्कल लामालाई कार्यालय खुलेको समयमा  (बिहान ०९:०० बजे देखि बेलुका ०५:०० बजे सम्म) निम्न लिखित टेलिफोन तथा मोबाइल नम्बरमा सिधै सम्पर्क राख्न सकिने राजदुत ढकालले बताए। टेलिफोन नं.- +971 2 634 4767, +971 2 634 4385 (Extension Number:- 109)