२५ फागुन
पर्वत । आज उहांको निवासमा नै पूगेर नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गर्नु भएको छ । उहांले नेपाली काँग्रेसले एउटा नष्ठिावान तथा असल चरित्र भएको योद्धा गुमाएको धारणा राख्नू भयो । जहिले पनि पार्टी र समाजका लागी चिन्तीत रहने गूरुडको असमायिक निधनले पार्टी र समाजले उहांको अभावमा ठूलो क्षती वेहोरेको विचार राख्नू भयो । उहाको आत्माको वैगुण्ठवासको साथै शोकाकूल परिवार र आफन्तजनमा धैर्यधारणका लागी शक्ति प्रदान गर्नका लागी कामना गर्नुभयो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि गुरुङ्गको पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गमै रहेको निवासमा गएराती साढे ११ बजे निधन भएको हो ।
पञ्चायतकालदेखिनै नेपाली काँग्रेसमा रहेर राजनीति गर्दै आउनुभएका गुरुङ्ग सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको थियो । बहुदलिय व्यवस्था पछि उहाँ नपाली काँग्रेसको कार्यसमितिमा रहेर निरन्तर सक्रिय राजनीति गर्दै आउनुभएको थियो ।
उहाँ अघिल्लो जिल्ला अधिवेशनवाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । उमेरले ६४ पुग्नुभएका गुरुङ विगत तीन वर्षदेखि कलेजोको क्यान्सरका कारण बरामी पर्दै आउनुभएको थियो । उहाँ माघ बीस गते चेकजाँचका लागि नर्भिक अस्पताल काठमाण्डौं पुग्दा अस्पतालले घरमै आराम गर्न सुझाव दिएपछि घरमै आराम गरिरहनुभएको थियो ।

श्रद्धान्जली दिन नेपाली कांग्रेसका पार्टी सभापती खिम प्रसाद भूषाल,पूर्व पाटी सभापती नवराज गुरुड,कुश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशी,उप प्रमूख सीता कापले लामिछाने,पार्टी सचिव युक्त प्रसाद श्रेष्ठ,विश्व प्रकाश प्रसाई,जलजला गाउंपालिकाका अध्यक्ष यम वहादुर मल्ल,महासमिति सदस्य मिना केसी, कांग्रेसका नेता राम शर्मा पौडेल,नेपाल ट्रेडयूनियन  कांग्रेस पर्वतका सभापती सुरेन्द्र केसी लगायत हजारौ कार्यकर्ताले श्रद्धान्जली दिएका थिए ।

उहाँको दुई छोरा रहेका छन् । एउटा छोरा अमेरिका र एउटा घरमै रहेका छन् । उहाँकी एक श्रीमती पनि हुनुहुन्छ । उहाँको आजै दुर्लुङ्गको खिर खाने घाँडा चिहानघाटमा दाहसंस्कार गरिएको छ ।  उहाँको निधनका कारण नेपाली काँग्रेस पर्वत शोकमग्न बनेको छ ।