२४ फागुन

पर्वत । पर्वतमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ । गण्डकी प्रदेशका सदस्य ललितकला गूरूङको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमूख अतिथि गूरूङले महिलाहरु चूलो चौकोमा मात्र सिमित नभई समाजका हरेक गतिविधिमा सकृय हुन आग्रह गरिन् । पूरुष संग हाम्रो लडाई हैन पृति सत्ता संग हो भन्दै सवै महिला दिदिवहिनी तथा दाजूभाइहरुलाई शुभकामना दिईन ।
नेपालमा भएको विभिन्न क्रान्तिले महिलाहरुको हक अधिकारको सुनिश्चित गरेको छ तर त्यसको व्यवहारिक प्रयोगमा अझै धेरै समस्या रहेको  र त्यसको व्यवहारिक प्रयोगको वाधाको रुपमा अहिले पनि पृत्तिसत्ता रहेको वताईन ।


कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेल,नेकपाका प्रतिनिधि शंकर गिरी,नेपाली कांग्रेसका प्रतिनिधि डा चुडामणी शर्मा,कुश्मा नगरपालिकाका वडा अध्यक्षहरु मिना कर्माचार्य,चित्रकला भारती शर्मा,शिव प्रसाद पौडेल,सुवासचन्द्र पौडेल, अखिल नेपाल महिला संघका अध्यक्ष कमला पन्त,नेपाल महिला संघका सभापती जोगमाया प्रसाई,अनेमसंघ क्रान्तिकारीका अध्यक्ष ईन्दिरा शर्मा,संचारिका समूह तथा प्रेस यूनियन पर्वतका अध्यक्ष माया अधिकारी,व्रमाकूमारी विश्वविद्यालयकी संचालिका राधिका,सवै महिला समूहको तर्फ वाट कलावती पूरी लगायतले शुभकामा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रम कुश्मा नगरपालिकाले आयोजना गरेर मनाएको हो । नगरभित्रका विभिन्न २२ वटा महिला समुहका सदस्यहरू सरकारी तथा गैरसरकारी निकायका हजारौं सहभागिहरूले प्लेकार्ड सहित वजार परिक्रमा गरेका थिए । -यालीमा विभिन्न माग राखेर महिलाहरुले नारासमेत लगाएका थिए ।

कार्यक्रमको अध्यक्षता कूश्मा नगरपालिकाकी उप प्रमूख सीता काप्लेलामिछानेले गरेकी थिईन भने स्वागत महिला विकास अधिकृत डिलकुमारी शर्माले र कार्यक्रमको संचालन ईन्जिनियर मन्जु  शिलाकारले गरेकी थिईन ।