१६ फागून

काठमाडौं । शवको पहिचान र पोष्टमार्टममा ढिलाइ भएपछि दिवंगत मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रम सरेको छ ।
चिकित्सकले पोष्टमार्टम रिपोर्ट आउन केही समय विलम्ब हुने बताएपछि बिहीबारको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको र शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
नेकपाका अनुसार श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्या भण्डारीसमेत सैनिक मञ्च आउने कार्यक्रम छ । मन्त्री अधिकारीको शुक्रबार नै गृहनगर पोखरामा दाहसंस्कार गरिने नेकपाले बताएको छ ।