१६ फागून
कपिववस्तु संवाददाता , कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाले कुल १५ थरिका सिफारिसलाई निशुल्क दिने निर्णय गरेको छ ।
आज बसेको नगरकार्यपालिकाको बैठकले नगरपालिका भित्रका नागरिकलाई व्यक्तिगत घटना दर्तामा सहजता प्रदान गर्न निशुल्क सिफारिस दिने नगरकार्यपालिकाबाट निर्णय गरिएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी गराउनुभएको छ ।
नगरपालिका भित्रका जनताले सम्बन्धित वडाबाट निशुल्क सिफारिस लिन सक्ने नगरप्रमुख शाहले बताए । यो निर्णय संगै कृष्णनगर नगरपालिकालाई प्रदेश मै नमुना नगर बनाउने नगरप्रमुख शाहले उद्घोष गरेका छन ।
निशुल्क सिफारिस दिन शुरुआत गर्ने हाम्रो कृष्णनगर नगरपालिका जिल्लामै पहिलो नगरपालिका बनेको उपप्रमुख सबनम खातुनले बताईन । व्यक्तिगत घटना दर्ता गराई नगरपालिकाबाट पाईने सुविधाको फाईदा उठाउन पनि उनले आग्रह गरिन ।
कृष्णनगर नगरपालिकाले नागरिकता, जन्मदर्ता,मुत्युदर्ता, बसाईसराई, सम्बन्ध विच्छेद , द्वन्द्व पिडित, आपंगता लगायतका वडा र नगरपालिकाबाट दिईने कुल १५ प्रकारका सिफरिस निशुल्क दिने सुचना प्रत्येक वडामार्फत प्रकाशित गरिसकेको छ ।









