१२ फागून

पर्वत । कुश्मा नगरपालिका वडा नं ८ चूवाको तुलादान वडा समिति लालेश्वर शिवमन्दीरमा आम भेलामार्फत वडा समिति गठन गरीएको छ। कुनपा ८ का वडा अध्यक्ष राजकुमार क्षत्रीको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि कुश्मा नगरपालीकाका नगर प्रमुख रामचन्द्र जोशीले पर्वतलाई नै एक धार्मिक पर्यटकीय क्षेत्र बनाउन सबै पर्वतबासी जुट्नुपर्ने बताउदै यस महायज्ञमा सबै सहभागी भएर यज्ञलाई सफल बनाउनु पर्ने बताउनुभयो।
यस गुप्तेश्वर धार्मिक मेलाका मूल संयोजक पृथ्वीनारायण शर्माले महायज्ञको बारेमा प्रकाश पार्दै हामि पर्वत बासीको भाग्यरेखा कोर्ने र बिश्वका हिन्दु र बौद्दिस्ट धर्माबलम्बिहरूको साझा गन्तव्य पर्वतलाई वनाउने उद्धेश्य रहेको र पार्वती जन्मभूमि पर्वतको पाङलाईसमेत उजागर गर्ने पर्वतका सम्पूर्ण धार्मिक स्थलको सामुहीक प्रचार गर्ने उद्यश्य रहेको बताउनुभयो।


भेलामा धार्मिक मेलाका बरिष्ठ उपाध्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, उपाध्यक्ष चन्द्र बहादुर खत्री, उपाध्यक्षबिपिन गुरूङ,कोषाध्यक्ष कमलनाथ पोख्रेल, बिशाल शिवपार्वती मुर्ती निर्माण १५१ संस्थापक व्यवस्थापन संयोजक डा चूड़ामणि शर्मा ,सचिबद्वय गोकूल चापागाई र एकनारायण चालीसे ,तुलादान सहसंयोजक कृस्णराज पौडेल ,लगायत समितिका महानुभावको उपस्थिति रहेको कार्यक्रमको सन्चालन महासचिव अच्युत तिवारीले गर्नुभएको थियो।


भेलाले गोबिन्द प्रसाद पौडेलको संयोजकत्वमा, सचिव लक्ष्मण पौडेल सहीत १३ सदस्यीय बडा समिति गठन सम्पन्न गरेको गरेको छ।
यस्तै फागून १३ गते कुनपा ३ दुर्लुङमा १४ गते कुनपा ५ का यज्ञस्थल वरीपरीका भक्तसंग अनितरकृया रहेकोछ। १५ गते बिहान ११ बजे कुनपा १० कटुवाचौपारीमा गठन गर्न जाने कार्यक्रम रहेको सचिब गोकुल चापागाईले जानाकारी गराउनुभयो।
श्रीमद्शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ जेष्ठ १ देखी ११ सम्म कुश्मामा संचालन हहूने भएको छ ।