फाल्गुन १०
कपिलवस्तु/संवाददाता पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कपिलवस्तु को समग्र विकासका लागि प्रतिबद्ध भएको बताउनु भएको छ . कपिलवस्तु को हितका लागि हरपल हरदम तत्तपर रहेको उहाले बताउनु भयो कपिलवस्तु को विजयनगरमा आयोजित कवि सम्मेलन तथा मुशायरा कार्यक्रमलाई सम्बोधन गर्दा नेकपा अध्यक्ष प्रचण्डले यस्तो बताएका छन्।
प्रचण्डले कपिलवस्तु को विकासका लागि केन्द्रबाट विभिन्न योजनाहरु कृषिमन्त्री चक्रपाणी खनाल मार्फत दिई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिल्ला विकासका लागि केन्द्र सम्म पलह भइरहेको आफू लाई जानकारी भएको जनाउदै प्रचण्डले गाउँपालिकाले समृद्ध लागि बनाएका योजनाहरूलाई क्रमै संग केन्द्रबाट सम्बोधन हुने प्रतिवद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। व्यस्त कार्यतालिका बावजुद विजयनगरको कार्यक्रमकालाई समय छुट्याएको बताउदै पूर्व प्रधान मन्त्री प्रचण्डले छोटो करिब ५ मिनेट सम्बोधन गरेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले समृद्ध गाउपालिकाका लागि विभिन्न योजना सहितको पत्र बाचन गरि प्रचण्डलाई बुझाएका थिए ।
गाउँपालिकाको मानव सूचांक ,पिछडा बर्गको उत्थान, स्वास्थ्य शिक्षाका लागि केन्द्रबाट पहल गरिदिन अनुरोध गर्दै थापाले पत्र पेश गरेका थिए ।गाउँपालिका भारतिय सिमा संग जोडिएको हुदाँ भारतीय संस्कृति मिल्दोजुल्दो हुने हुदाँ मुशायरा कार्यक्रम गरेको पनि अध्यक्ष थापाले बताए। कृषिको आधुनिकीकरण गरी कृषि विकासमा फड्को मार्ने हो भने समग्र जिल्लाकै विकास हुने पशुपंक्षि विकास तथा कृषि मन्त्री चक्रपाणी खनालले बताए .धेरै प्रतिशत जनता कृषिमा नै आधारित रहेकोले सिचाइको समस्या दिर्घकालिन रूपमा समाधान गर्न लागि नौमुरे जलविद्युत्त परियोजना संचालन छिट्टै गरिने बताए ।
त्यस्तै सिचाइका लागी राप्ती डाइ भर्सनले पनि किसान हरूको केहि सम्सया समाधान हुने कृषि मन्त्री खनालले बताए . किसानको उत्पादनले बजार नपाउदाँ किसान निरास हुनु परेको जनाउदै , समयमा खाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे . कृष्णनगर विजयनगर शिवगढी देखि राजमार्ग जोड्ने आरटिओ सडक छिट्टै कालो पत्रै गरी पहाडलाई तराइ संग जोडिने मन्त्री खनालले बताए . सडक संजाल विस्तार भयो भने किसानका उत्पादनले बजार पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री हृदेश त्रिपाठीले नेपाल भारतको सम्बन्ध कुनै राजनैतिक सम्बन्ध नभएर जन जनको सम्बन्ध भएको उल्लेख गरेका छन . कपिलवस्तुको विकासका लागि नौमुरे र राप्ती डाइभर्सन सिघ्र संचालनमा आउनु पर्नेमा त्रिपाठीले जोड दिएका हुन ।राष्ट्रको समृद्धीका लागी किसानका उत्पादनलाई किसान आफैले मूल्य निर्धारण गर्न पाउने व्यवस्था हुनु पर्ने बताए। ६४ प्रतिशत जनता कृषिमा निर्भर रहेको देशमा किसानले आफ्नो उत्पादनको मूल्य निर्धारण गर्न नपाउनु दुखद भएको समेत बताएका छन।
कार्यक्रममा भारतिय कविहरूले मुशायरा गाएर अतिथि तथा दर्शकहरूलाई मनोरन्जन दिएका थिए। कविहरू अनायिका अम्बर जैन,सबिना अदिल,अना देहलवी,जौहर कानपुरी, रमेश बसुरी,डा.अनिल चौबे,जाहिद आजाद,सौरभ जैन लगायतले मुशायरा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय गायक बद्री पंगेनीले दर्शकलाई मनोरन्जन दिएका थिए। विजयनगर गाउँपालिको आयोेजना भएको कवि सम्मलेन तथा मुशयरा कार्यक्रममा भारतका पूर्व विधान सभा अध्यक्ष माता प्रसाद पाण्डे, नेपाल प्रतिनिधी सभाका सभासद वृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्यहरू अर्जुन कुमार के.सी.,विरेन्द्र कुमार कनौडिया, फौजिया नाजिम, पूर्व मन्त्री इश्वर दयाल मिश्र,पूर्व साँसद शान्ति देवि हरिजन, नेपाल कम्युनिष्ट पार्टि कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पोखरेल लगाय विभिन्न पार्टिका जिल्ला अध्यक्षहरूको उपस्थिती रहेको थियो . कार्यक्रममा विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीको स्वागत तथा प्रमुख प्रशासकिय रविन्द्र प्रसाद चाधौरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।









