फाल्गुन ५

कपिलवस्तु/ छिमेकी मित्र राष्ट्र भारतको पुलवामा भएको आतंकी हमला मा शहिद भएका भारतीय ४४ बीर सपूत हरु लाई आज कृष्णनगर का राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी र सोही संघ का राष्ट्रीय महा सचिव मौलाना मसहूद खा नेपाली लगायत भद्राभलादमी हरुले २ मिनेट मौन धारण गरि श्राद्धाजली अर्पित गरेका छन्।

महासचिव नेपाली ले कुनै पनि धर्म यस्ता गतिविधी लाई छूट दिएको छैन्। जुन मान्छे हरु यस्तो क्रियाकलाप मा संलग्न छन् उनको कुनै धर्म छैन्। यो क्रियाकलाप धर्म विरोधी क्रियाकलाप भएको छ इस्लाम धर्म का पबित्र पुस्तक कुरान शरीफ मा यस्तो क्रियाकलाप गर्ने अनुमति दिएको छैन बेकसूर को हत्या गर्नु भनेको मनावता को हत्या सरह मानिन्छ।

उक्त गतिविधी को घोर.निन्दा विरोध गर्दै हामी मित्र राष्ट्र भारत को जनता संग यस्तो ठूलो दुखद घडीमा साथ छौ भनेर डा.अब्दुल गनी अलकुफीले जनाएका छन्