२२ माघ
कपिलवस्तुरसंवाददाता कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं।३अन्तर्गत पर्ने जामिया सिराजुलवलुम अलसल्फीया को सभा हालमा अयोजित भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने २२ वटा दर्ता रहेको मदरसा र ५ वटा दर्ता प्रक्रियामा रहेका छन् । कार्यक्रममा मदरसा का प्र।अ।लगायत शिक्षक,नगरप्रमुख रजत प्रताप शाह,युवा नेता तुफेल अहमद खाँ,कृष्णनगर नगरपालिका कार्यलय सूचना अधिकृत शाकिर शाह,जामिया सिराजुलवलुम अलसल्फीया अध्यक्ष मौलाना शमीम अहमद नदवी,प्र।अ।मौलाना खर्शीद शैख,स।प्र।अ।मौलाना रसीद मदनी,मौलाना खालिद सेराजु,राष्ट्रीय मदरसा संघ नेपाल केन्द्रीय सदस्य मौलाना जहीर अहमद बरेलवी,खदिजतुल कुबरा ग्रल्स कालेज का प्र।अ। डा।सईद असरी,राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा।अब्दुलगनी अलकुफी,राष्ट्रिय महा सचिव मौलाना मसहूद खाँ नेपाली,लगायत शिक्षा प्रेमी पत्रकारहरुको उपस्थिती थियो।
उक्त कार्यक्रम को शुभारम्भ उक्त मदरसाका मौलानाले मुस्लिम धर्मावलीहरुको पवित्र कुरान सरिफ को पाठ पढी कार्यक्रम को सुरुवात गरियो। त्यसै क्रममा नगरप्रमुख शाँँह ले नगरपालिका भित्र रहेको समुदायिक बिद्यालय र मदरसाहरुमा सुधार गर्न पहल भइरहेको र शिक्षा क्षेत्रमा लगानी को अवश्यक्ता पहिचान गरि सके सम्मा पूर्ण सहयोग गर्न तयार रहेको वताउनू भयो । नगरपालिकामा २२ मदरसा दर्ता रहेको छ सबै मदरसा हरुको लागि २(४दिन भित्र पूर्ण तैयारी मा कार्यक्रम गरि केही मदरसा आवश्यकता अनूसार कक्षा कोठा निर्माण,शौचालय निर्माण,र फर्निचर को लागि छुटै बजेट छुट्टाउन प्रयास हुदैछ र अरु कुनै सम्बन्धित समस्या छ भने प्रस्ताव राखि पूर्ण सहयोग गर्ने वचन दिनु भयो। धेरै दिन देखि कृष्णनगरमा लिंक गेट देखि बाजार भित्र र बहादूरगंज सम्मा अतिक्रमण रहेको थियो पटक पटक भन्दा पनि अतिक्रमण हटाउन तैयार थिएनन् तर केही शक्तिबल र शिक्षित जनता को सहयोगमा आज कृष्णनगर बहादूरगंज जस्ता ठाउको अतिक्रमण हटदैछ अब तपाई हरुको सहयोगको अवश्यक्ता छ तपाईहरु सहयोग गर्नुस यो नगरपालिका लाई आदर्श नगरपालिका बनाउन कूनै कसर बाकि नराखने वताउनू भयो । हामीले कसै लाई दुख दिने बिचार छैन यो नगरपालिका लाई व्यवस्थित र आदर्श नगरपालिका बनाउने प्रयास म छु र जनताको निरन्तर सहयोग चाहिन्छ भन्दै आफ्नो मनतब्य राख्नु भयो।
मदरसाका शिक्षक,पाठपुस्तक लगायत सात बुदे माग को लागि ज्ञापन पत्र पनि नगरप्रमुख लाई बुझाउने काम भयो।









