२१ माघ
कूश्मा पर्वत– नेपाली काँग्रेसको केन्द्रिय सर्कूल अनूसार आज पर्वत जिल्लामा सरकारका विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले महंगी,वलात्कार र भष्ट्रचारको दलदलमा फसेको के पि ओली सरकारले नेपाली जनताको हित नगर्ने वताउनू भयो ।
नेपाली काँग्रेस पर्वतले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्वोधन गर्दै नेता बलायरले दुई तिहाईको दम्भ देखाएर प्रतिपक्षिलाई पेल्दै जाने हो भने मुलुक ठूलो दुर्घटनामा पर्ने बताउनुभयो । उहाँले संसदमा त मार्सल लगाएर संसद चलाउनूहोला तर सडकमा सक्नूहून्छ मार्सल लगाउन भन्दै अव नेपाली कांग्रेसले सडक तताउने र जनताको घरघरमा के पि ओली सरकारले गरेका विकृति र विसंगतीलाई पू-याउने वताउनू भयो । महङ्गी बढाउन, मुलुकलाई भ्रष्टाचारमा डुवाउने अधिकार सरकारलाई नभएको बताउँदै जनपक्षिय काम गर्न आग्रह गर्नुभयो ।

खूलाअर्थतन्त्र र लोकतान्त्रिक प्रणालीमा संवैधानिक व्यवस्था अनूरुप राज्य संचालन गर्नु पर्नेमा उखान टुक्काको भरमा देशलाई हासीमजाकमा उडाएको वताउनू भयो । ३३ केजि सून कहां हरायो,निर्मला पन्तको वलत्कार पछि हत्याको किन हत्यारा जोगाउन लाग्यो,वाईडवढी जहाज खरिदमा भएको घोटला किन लूकायो । धादिडमा समातिएको ४ केजि सून किन तामामा परिणत गरियो यस्ता दर्जनौ काण्डले के पि सरकार पूरिएको हूदा त्यस वाट निस्केर सहिवाटो लिनका लागी कांग्रेस सडकमा आएको वताउनू भयो ।

चिकित्सा शिक्षा विधेयकमा डाक्टर गोविन्द केसीको मागलाई संवोधन नगरी पास गेर माफियालाई किन संरक्षण गरेको भनि प्रश्न सरकारका सामू पेश गर्दै यि सवै कूराहरुमा सरकार नसच्चिए र यथार्थ छानविन नभए सम्म कांग्रेसले आन्दोलन गर्न नछाड्ने वताउनू भयो ।


कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नबराज गुरुङ्ग, गण्डकी प्रदेशसभाका सदस्य सांसद ललितकला गुरुङ्ग, प्रदेश सभा सदस्यका उम्मेदवार राजेन्द्र तिवारी लगायतले संवोधन गर्नु भएको थियो ।

नेपाली कांग्रेसका पार्टी सभापती खिम प्रसाद भूषालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला कोषाध्यक्ष रामकृष्ण मल्लले र संचालन सचिव विश्व प्रकास प्रसाईले गर्नु भएको थियो । नेपाली कांग्रेस जिल्ला पार्टी  कार्यालय पर्वतबाट शुरु भएको बिरोध -याली सरकार विरुद्ध नारावाजी गर्दै कुश्माबजार परिक्रमा गरेको थियो ।