१९ माघ
कूश्मा पर्वत । कूश्मा नगरपालिका वडा नं. ८ चूवामा १०८ चौतारी सहित वरपिपल, १०८ तुलसीमोठ र विश्वकै अग्लो ५५ फिटको विष्णूको मुर्ति निर्माण हूने भएको छ । कूनै दातृ निकाय र सरकारको विनियोजित वजेट विना धार्मिक पर्यटनको विकास गर्ने उद्धेश्यले नागरीक स्तरवाट स्वतस्फूर्त रुपमा रकम संकलन गरि शूरुआत गर्न लागिएको छ ।


चूवाको पोखरा वाग्लूङ्ग हाईवे देखि तलको भागमा विचवाट सडक निर्माण गरि दुवै तर्फ १०८ वरपिपल र तुलसी मोठ निर्माण गर्ने,१००८ शालिग्राम शिला स्थापना गर्ने,विच भागमा चिल्डेन पार्क सहितको वगैचा निर्माण गर्ने र विश्वकै अग्लो विष्णूको मुर्ति निर्माण गरि धर्म संगै पर्यटन प्रवर्धनमा सहयोग पू-याउने वडा अध्यक्ष राजकूमार क्षेत्रीले वताउनू भयो । मोदीवेणीधाम,गुप्तेश्रर गूफा र मूक्तीनाथ मन्दिर दर्शनका लागी प्रवेश द्धारको रुपमा रहेको यस क्षेत्रलाई धार्मिक पर्यटनको हवकोरुपमा विका गर्ने जनाईएको छ ।

बिष्णु बाटिका अश्वत्थ मुक्ति मार्ग मा पिपल चौपारी र तुलसी मठ निर्माण मा प्रयोग हुने फेस को ढुड०गा काट्ने कार्यको शरुआत भएको छ । उक्त कार्यको शूरुआत गर्दै वडा अध्यक्ष राजकूमार क्षेत्रीले दुर्तगति निर्माण कार्यको शुरआत भएको छ । आगामी कार्तिक २४ गते उक्त कार्यक्रमको औपचारिक शूरुआत गरि ३ वर्षमा सवै निर्माण सम्मपन्न गर्ने निर्माण समितिका अध्यक्ष कूल प्रसाद पौडेलले जानकारी दिनू भयो ।

स्वतस्फूर्त रुपमा १०८ पिपलचौतारी निर्माणका लागी प्रति गोटा ७० हजारका दरले ७७ लाख ६० हजार र १०८ तुलसीमोठका लागी प्रति गोटा ११ हजार १ सय ११ का दरले ११ लाख ९९ हजार ९ सय ८८ जम्मा गर्ने प्रतिवद्धता भई केहि सदस्यहरुले वैकमा रकम जम्मा गरिसकेको र रकम जम्मा गर्ने क्रम भईरहेको निर्माण समितिका सचिव लक्ष्मण पौडेलले जानकारी दिनू भयो ।

विश्वकै अग्लो ५५ फिटको विष्णूको मूर्ति वनाउनका लागी अनूमानीत ५ करोड रकम लाग्ने भएकाले महत्वकाक्षी योजना भएकाले ३ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने जनाईएको छ ।