१७ माघ

कृष्णनगर  । नगरभित्र पर्ने बाटाेलाई अतिक्रमित गरि बनाईएका भाैतिक संरचनाहरुलाई नगरपालिकाले हटाउन शुरु गरेकाे छ। बीसौं बर्षदेखि जनप्रतिनिधि विहिन रहेकाेले अतिक्रमण समास्या नेपाल अधिराज्य भरि नै रहेकाे छ । कपिलवस्तु जिल्लाकाे प्रमुख बजार मानिने कृष्णनगरलाई अाजदेखि अतिक्रमण मुक्त गर्न लागिएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे ।

भारतकाे अार्थिक सहयाेगमा राजमार्गदेखि सिमासम्म तथा कृष्णनगर बजारकाे कुल बीस किलोमिटर सडक बनाईने भएकाेले सडककाे दायाँबायाँ पन्द्र-पन्द्र मिटर सडक अतिक्रमण हटाउन लागिएकाे नगरप्रमुख शाहकाे भन्नुभयाे ।

यसअघि कृष्णनगर नगरकार्यपालिकाले बैठक बसी वार्ड नम्बर एकदेखि बजार अतिक्रमण गरिएका संरचना हटाउन शुरु गरिएकाे निमित्त प्रशासकिय अधिकृत राजप्रसाद त्रिपाठीले बताए । संरचना हटाउन केही सा-साना विवादहरु भए तपनि व्यापक सुरक्षा व्यवस्थाका बीच हटाउन शुरु गरिएपछि विवाद शान्त भएकाे थियाे ।