१६ माघ
कूश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा स्थापित कालिका मा वि मा कूश्मा नगर प्रमूख रामचन्द्र जोशीले आपनो तलव सूविधा वाट ७० हजारको प्रथम नगर प्रमूख अक्षयकोष स्थापनाका लागी सहयोग गर्नुहूने भएको छ । उक्त कोषको व्याज वाट हरेक वर्ष विद्यालयमा अध्ययनरत जेहेन्दार विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

कालिका माध्यामिक विद्यालयको ६४औ वार्षिकउत्सव तथा अभिभावक भेला हिजो एक समाहरोहका विच सम्पन्न भएको छ। कार्यक्रममका प्रमूख अतिथि कुश्मा नगर प्रमूख जोशीले शिक्षा स्वास्थ्य नागरिककालगी सर्वसूलभ हूनूपर्नेमा जोड दिनूभयो । कुश्मा नगर स्थानिय सरकार भएकाले नगरका कूनैपनि वालवालिका विद्यालय शिक्षा प्राप्त गर्न वाट वन्चित नहुने वाताारणका लागी सुनिश्चित गरिने धारणा राख्नू भयो । आफू नगर प्रमूखको उम्मेदवारहूदा तलवभत्ता सूूविधा नलिने गरेको वाचा व्यवहारमा उतार्न लागेको वताउदै २ महिनाको तलव सूविधा ७० हजार प्रथम नगर प्रमूख अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भयो । उक्त कोषमा क्रमशः रकम थप गर्दैजाने वताउनू भयो ।
कार्यक्रममा विद्यालयमा उत्कष्ट सहयोगगरे वापत कालिभक्त शर्मा र पूर्व शिक्षक कमलराज शर्मालाइ सम्मान गरिएको छ । विद्यालय वाट सरुवा भई जानूभएका विजय पौडेललाई विदाई गरिएको थियो । कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदूनाथ वास्तोला,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गाणेश वहादूर क्षेत्री,दलित अगूवा सर्वे नेपाली,विद्यालय व्यवस्थापन समितिका सदस्य लाल वहादूर क्षेत्री,पूर्व शिक्षक लेखनाथ शर्मा,अभिभावक भिम वहादूर नेपाली लगायतले शूभकामना दिनूभएको थियो ।
कार्यक्रममा धनाधान्यचलकोषको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गूप्तनिधि शर्माले पेश गर्नु भएको थियो ।
कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन वास्तोलाको अध्यक्षता,कार्यक्रममा स्वागत तथा वार्षिक प्रगति प्रतिवेदन प्रधानध्यापक वावूराम शर्माले र संचालन शिक्षक देवराज पौडेलले गर्नु भएको थियो ।









