१६ माघ
कुनपा–३, दुर्लुङ । विद्यालयको शैक्षिक विकासमा योगदान गर्ने एक दर्जन सहयोगदातालाई सम्मान गर्दै सुर्य प्रकाश माध्यामिक विद्यालय, कुनपा–३, दुर्लुङको ३९औं वार्षिकोत्सव तथा कृष्ण धनिलक्ष्मी स्मृती सभाहल हस्तान्तरण समारोह मंगलवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पुर्व स्वाथ्य मन्त्री एवम् संघिय संसदका सदस्य गगन थापाले नवनिर्मित भवनको उदघाटन गरी विद्यालयलाई साँचो हस्तान्तरण गर्नु भयो । सो अवसरमा वोल्दै थापाले नेपालको सम्वृद्धी जलस्रोत, हिमाल, लुम्विनीको नामवाट होईन, युवाशक्तिलाई विदेश पलायन हुनवाट रोकी स्वदेशमा नै अवसर दिन सकेमा मात्र संभव हुने वताउनु भयो । उहाँले हरेक नेपालीले सुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा पाउनु पर्ने भन्दै वर्तमान सरकार दुई तिहाईको दम्भमा जनताका चाहनाहरुलाई भुलेको आरोप लगाउनु भयो । उहांले आफू स्वास्थ्य मन्त्रीहूदा लागू गरेको स्वास्थ्यविमाले सवैजनतालाई औषधि उपचार गर्न सम्भव भएकाले सवैले सेवा पाउनेमा विश्वास व्यक्त भयो ।


कार्यक्रममा विशिष्ट अतिथि संघिय सांसद लालकाजी गुृरुङले शैक्षिक सुधारमा वर्तमान सरकार अनुदार भएको वताउदै शैक्षिक गुणस्तरका लागि स्थानीय समुदाय नै सक्रिय हुनु पर्ने वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति नवराज गुरुङ, नेपाली कांग्रेस पर्वतका सचिव विश्व प्रसाई, महासमिति सदस्य वसन्त वहादुर सि।के।, जिल्ला सदस्य कुल प्रसाद उपाध्याय, क्या। एकनाराण गुरुङ, वडा अध्यक्ष तेज प्रसाद पाध्या, नेकपाका प्रतिनिधी चुडाखर पाध्या, नेपाली कांग्रेसका वडा सहसंयोजक ड०डपाणी पाध्या, दाता रामकाजी गुरुङ, शिक्षक कृष्ण प्रसाद शर्मा, निवृत्त शिक्षक, सामाजिक अगुवा शालिकराम शर्मा, पुर्व शिक्षक यादव वास्तोला, विद्यार्थी देवका पौडेलले विद्यालयको विविध पक्षहरुको वारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधाध्यापक श्यामसुन्दर सापकोटाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यसै विच गुरुङ परिवारले विद्यालयको लागि कम्प्युटर, प्रिन्टर तथा अन्य उपकरण सहयोग प्रदान गर्नु भएको थियो भने विद्यालयका निवृत्त शिक्षक सालिकराम शर्माले भलिवल, नेट लगायतका खेलकुद सामाग्रीहरु प्रदान गर्नु भएको थियो ।


सम्मानित हुनेहरुमा विद्यालयका संस्थापक स्वर्गिय कुल वहादुर गुरुङ तथा धनलक्ष्मी गुरुङको छोराहरु क्याप्टेन एकनारायण गुरुङ, रामकाजी गुरुङ र सुर्य वहादुर गुरुङ तथा छोरीहरु द्रोपती गुरुङ, मिना गुरुङ र मायाँ गुरुङ लगायत रहनु भएको छ । उहाँहरुले स्वार्गिय आफ्नो वावुको स्मृतीमा ३५ लाखको लागतमा कुल धनलक्ष्मी स्मृती सभाहल निर्माण गरिदिनु भएको छ । साथै सो परिवारले विद्यालयमा कम्तिमा दुई लाख रुपैयाँको शैक्षिक अक्षयकोषका साथै विद्यालयको भौतिक विकास र संरक्षणका लागि कम्तिमा १५ लाखको भौतिक संरक्षण अक्षयकोष स्थापना गर्नु हुने भएको छ । सम्मानित हुने अन्य व्यक्तित्वहरुमा समाजसेवी थम्मनसिंह गुरुङ, सामाजिक अगुवा लेख वहादुर गुरुङ, युवा समाजसेवी प्रितम गुरुङ, विद्यालयका पुर्व प्रधानध्यापक कुल प्रसाद उपाध्याय, पुर्व शिक्षक रेस्मीराज शर्मा, समाजसेवीहरु डण्दपाणी पाध्या, भिमराज पाध्या लगायत हुनुहुन्छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षता, समाजसेवी लेख वहादुर गुरुङको स्वागत एवम् शिक्षक वालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
व्यक्त