९ माघ

अजय मिश्र- कपिलवस्तु । कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवा हाल कपिलवस्तु नगरपालिका वडा नम्बर १ का गरिब, बिपन्नलाई न्यानो कपडा र दुई जना अपाङ्गता भएका व्यक्तिलाई व्हिल चेयर बितरण गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ को समन्वयमा लाईन्स क्लब पोखरा लेकसिटीले १ सय जना भन्दा बढि व्यक्ति लाइ कम्बल र न्यानो कपडा बितरण गरेको हो ।

लाईन्स क्लब पोखरा लेकसिटी क्लबका अध्यक्ष मदन केसी, संघिय साँसद बृजेश कुमार गुप्ता, प्रदेशसभा सदस्य धर्मबहादुरलाल श्रीवास्तब, नगर प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्ता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्य र वडा अध्यक्षहरु सुदिप पौडेल, रामभजन कलवार तथा प्रकाश गैरे लगायतले न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका १ का वडा अध्यक्ष सुदिप पौडेलले वडाको समन्वयमा लाईन्स क्लबले न्यानो कपडा हस्तान्तरण गर्ने कार्य उदाहरणीय रहेको बताउनु भयो । व्यक्ति जाडोले भन्दा पनि अभावका कारण शितलहरको जोखममा परेकाले आफुहरुले सो सामाग्री हस्तान्तरण गरेको क्लवका पुर्व अध्यक्ष जगदिश गौतमले बताउनु भएको छ ।

शितलहर प्रभावितलाई कम्मल बितरणले राहत प्रदान गरेको नगरप्रमुख किरण सिंहले बताएका छन् भने गरिबलाई न्यानो लुगा सगै पोषणमा समेत सहयोग आवश्यक रहेको प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तबवले बताउनु भयो । ऐतिहासिक नगरपालिकाको सामाजिक र आर्थिक बिकासमा ध्यान पुर्याउन नगरपालिकाको ध्यान जानु पर्नेमा संघिय साँसद बृजेश कुमार गुप्ताले जोड दिनु पर्ने बताउनु भयो । क्लबमा आबद्ध प्रतिनिधी सदस्यहरुलाई होटल व्यवसायमा लगानी गरेर कपिलबस्तुको तिलौराकोटमा पर्यटकिय बिकासमा सहयोग पुर्याउने बातावरण बनाउन सहयोग उहाले आग्रह समेत गर्नु भएको थियो । वडा अध्यक्ष सुदिप पौडेल ले जानकारी गराउनु भएको छ ।