४ माघ
पर्वत । खुर्कोट नेपाल रेडक्रस सोसाईटी पाङ्ग खुर्कोट रेडक्रस उपशाखाको चौथो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । चौथो अधिवेशन तथा साधारण सभाको उद्धघाटन गर्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापती रुद्र वहादूर रिमालले रेडक्रस सरकारको सहयोगी को रुपमा जहां विपत परेको छ त्यहा पूग्ने गरेको धारणा राख्नू भयो । रेडक्रसका ७ सिद्धान्तहरु रेडक्रसक्रमीले पालना गर्नेहो भने मानविय जिवन सुखमय वन्ने धारणा राख्दै पाङ्ग खुर्कोट उपशाखाले गरेका कार्यहरुलाई धन्यवाद दिनूभयो ।
कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदूनाथ वास्तोला,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्री,रेडक्रस जिल्ला शाखा पर्वतका उपसभापती ईन्द्रमान खत्री, आजिवन सदस्य कमलराज पौडेल,वालकृष्ण वास्तोला लगायतले शूभकामना दिनू भएको थियो ।
उक्त अधिवेशन तथा साधारण सभाको अध्यक्षता उपशाखाका सभापती हेम शर्मा पौडेलले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत कोषाध्यक्ष वालकृष्ण पौडेल र संचालन सचिव प्रेम प्रसाद रेग्मीले गर्नु भएको थियो । कूश्मा नगरपालिका वडा नं. २ खुर्कोट वगैचामा सम्पन्न भएको अधिवेशनले पूनः हेम शर्मा पौडेलको अध्यक्षतामा १० सदस्यीय समिति निर्वाचित गरेको छ । सदस्यहरुमा वालकृष्ण शर्मा,तिल प्रसाद भण्डारी,कल्याण सूवेदी,तिला गिरी,श्याम प्रसाद पौडेल,वावूराम रिजाल,राजेन्द्र पौडेल,टंकनाथ शर्मा र सावित्रा पौडेल रहेका छन् ।









