३ माघ
पर्वत/आफ्नो जन्मदिनको अवसरमा जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले अनाथलयलाई ब्यक्तिगत ५० हजार सहयोग गरेका हुन् ।
बागलुङबजारमा रहेको मानव सेवा आश्रमलाई मल्लले बुधबार नगद प्रदान गरेका हुन । परिवार तथा आफन्तजन नभएका र अलपत्र परेका बृद्धबृद्धा, बालबालिकालाई संरक्षण दिँदै आएको संस्थालाई मल्लले आफ्नो जन्मदिनको अवसरमा नगद प्रदान गरेको जानकारी दिए । ‘जन्मदिनमा अनाथलयजस्तो संस्थालाई सहयोग गरेको हुँ’ उनले भने । आफन्त तथा परिवारजन नभएका अनाथ नागरिकलाई संरक्षण गर्ने दायित्व राज्यको भएपनि संस्थाले जिम्मा लिएकोमा उनले धन्यबाद दिए ।









