२५ पुस
पोखरा । गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णयले थारु तथा मगर समुदायको विशेष चाडलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
मन्त्री बस्नेतले प्रदेश सरकारले वर्षमा ६ दिन बिदा दिन पाउने जानकारी दिँदै प्रदेशमा रहेका जात जातीका प्रमुख चार्डपर्वलाई लक्षित गर्दै महत्वपूर्ण अन्य पर्वमा समेत विदा दिने जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले ल्होसारमा वपन सार्वजनिक बिदा घोषणा गरेको थियो । तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा दिएपनि सघीय सरकार मातहतका सरकारी कार्यालय खुल्ला हुँदा प्रभावकारी बन्न सकेन ।
वाहून क्षेत्रीहरको पर्व जनै पूर्णिमामा विदा नदिएको प्रदेश सरकारले अन्य जातिहरुको चाड पर्वहरुमा भने धमाधम विदा दिन थालेको छ ।
प्रदेश सरकारले बढीमा ६ दिन आफ्नो प्रदेशमा सार्वजनिक बिदा दिन सक्नेछ ।









