२० पुस

पर्वत । सामाजिक कार्य संगै राजनितिको माध्याम मार्फत यहाँ रहेका दिनःदुखी,असाहयको सारथीका एक अव्बल पात्रको रुपमा परिचित स्वर्गीय अमृत प्रसाद जोशीको ११ औं स्मृति दिवसको अवसरमा यही पुस २३ गते मंगलबार पुरस्कार बितरण तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ ।
अमृत जोशी स्मृति प्रतिष्ठानको आज सम्पन्न बैठकले सो अवसरमा ११ औं स्मृति दिवसको अवसरमा जिल्लाको सामूदायिक तथा निजि विद्यालयमा रहेका उत्कृष्टता प्राप्त गरेका १\१ जना विद्यार्थीलाई पुुरस्कार सहित सम्मान गर्न भएको छ । सो,दिन सामाजिक रुपमा रहेर समाजसेवामा पु-याएको योग्दानको कदर सहित सम्मान हुने छ ।भने,यहाँ रहेर साहित्यको स्तरबिद्धि गर्न भूमिका निभाउनेलाई सम्मान गर्ने निर्णय पनि भएको छ ।
गत १९९२ सालमा जन्मेका अमृत जोशीको २०६४ सालमा निधन भएको थियो । स्वर्गीय अमृत प्रसाद जोशीका जेष्ठ सुपुत्र अर्जुन प्रसाद जोशी हाल नेपाली काँग्रेसको केन्द्रिय सदस्य हुन्हुन्छ । विगतका ३ कार्यकाल उहाँले सांसद पद्मा रहेर यहाँको बिकासमा ठुलो योग्दान पु-याई सक्नुभएको छ ।
बैठकमा बोल्दै केन्द्रिय सदस्य अुर्जन प्रसाद जोशीले आफ्ना दिवंगत पिताले देखाएको बाटोमा सधै हिँडने बताउनु भयो । उहाँले आफु पूर्व सांसद हँदा यहा भएका सामाजिक गतिबिधि,पूर्वाधारका योजनाहरु सफल बनाउन सहयोग गर्ने सवैलाई कृत्ज्ञता प्रकट गर्नुभयो । उहाँले हालका प्रतिनिधीहरुले पहिला सम्पन्न भएका कार्यहरुलाई निरन्तरता दिँदै,ती योजनाहरुको स्तरबृद्धिमा ध्यानदिन अनुरोध पनि गर्नुभयो ।
अमृत प्रसाद जोशी स्मृति प्रतिष्ठानमा आजिवन र साधारण सदस्य सहित २ सय ८८ पुगेका छन् । प्रतिष्ठानका अध्यक्ष गंगाधर तिबारीले ५ हजार सदस्य निकट दिनमा बनाउन प्रतिष्ठान जुटेको बताउनुभयो । उहाँले सो अवसरमा बोल्दै अग्रजको प्रेणको पाठबाट आफुहरु निरन्तर रुपमा अगाडी बढेको बताउनुभयो ।
बैठकमा प्रतिष्ठानका सचिव माधव पौडेलले २ लाख ५४ हजारको अमृत जोशी अक्षय कोष स्थापना भइसकेको जानकारी दिँदै,कोषबाट आएको ब्याजले हरेक बर्ष यस्ता खालाका कार्यक्रमहरु गर्दै जाने निणर्य समितिमा भएको जानकारी दिनुभयो । अमृत प्रसाद जोशी स्मृति प्रतिष्ठानले ११ औं स्मृति दिवसमा आयोजना भएका कार्यक्रमहरुलाई निरन्तरता दिदैँ आइरहेको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीको प्रमुख आतिथ्यता, अमृत प्रसाद जोशीको स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाधर तिबारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सचिव माधव पौडेलले ११ औं स्मृति दिवसको अवसर आवश्यक पर्ने आर्थिक समेत सकंलन गरेका छन् । यही पुस २४ गते,विहान ११ बजे,होटल फ्रेण्डलीको सभाहलमा कार्यक्रम आयोजना भएको छ ।