१७ पुस
काठमान्डौ , विराटनगर–१० मा सञ्चालित ईडुमार्ग ईन्सिच्युटमा कार्यरत शिक्षकले एक छात्रामाथी यौन दुर्व्यवहारको आरोप लागेपछि पक्राउ गर्न पुगेका सादा पोसाकमा खटिएक एक प्रहरीमाथि विद्यार्थीहरूले हातपात गरेका छन् ।

आरोपित शिक्षक ज्ञानेन्द्रशरण साहमाथि विद्यार्थीहरूले आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेका थिए । प्रहरी जवान वसन्त मण्डलले रोक्न खोजेपछि उनीमाथि नै आक्रोसित भीडले हातपात गरेको हो ।

विद्यार्थीहरूले आफ्ना साथी माथी यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कुटपिट गर्न नदिएको भन्दै मण्डलमाथी हातपात गरेका थिए ।विगत ६ महिनादेखि ईडुमार्ग ईन्सिच्युटमा पढाउँदै आएका थियो ।

प्रहरीको सिआरवीको भेनमा राखेर यौन दुर्व्यवहार गरेको आरोप लागेको शिक्षकलाई प्रहरी कार्यालयतर्फ लगेपछि आक्रोशित भएका विद्यार्थीको भिडले सादा पोशकका प्रहरी मण्डलमाथि जाइलागेका थिए । मण्डल आफ्नो ज्यान रक्षाको लागी भागेको प्रत्यक्षदर्शी बताउँछन् ।मोरङको जहदा गाउँपालिकामा आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा साह पक्राउ परेका हुन् । उनी सप्तरीस्थित राजविराजका हुन् । विराटनगर–१० सनसारी माइस्थानस्थित ईडुमार्ग ईन्सिच्युटमा ट्यूसन पढाउने शिक्षक साहले आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

साहले आइतबार यौन दुर्व्यवहार गरेको आरोप छ । विद्यार्थीलाई शिक्षक साहले ‘तिमी पढाइमा कमजोर छाैँ, मेरो कोठामा आँउ’ भन्दै यौन दुर्व्यवहार गर्न खोजेको विद्यार्थीको आरोप छ ।महेन्द्र मोरङ क्याम्पसमा बीएससी अध्ययरत साहले सामाजिक विषय पढाउँदै आएका थिए । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि शिक्षक साहलाई कन्सलटेन्सीबाट निकालेको ईडुमार्गका सञ्चालक दिपेन्द्र मेहताले बताए ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसप घनश्याम श्रेष्ठले पक्राउ परेको शिक्षकमाथि आवश्यक छान विन भइरहेको बताए । ‘पीडत पक्षसँग बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘पीडितले अहिलेसम्म उजुरी भने दिएका छैनन् ।’