१७ पुस
पर्वत । नेपाली काँग्रेस केन्द्रले निर्देशन गरे अनूसार सोमबार यहाँ मेलमिलाप दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रम बोल्ने अधिकांश वक्ताहरुले काँग्रेसले विशेश्वर प्रसाद कोइरालाको विरासतमा राजनिती गरेको गुनासो गरे । महामानव विपि दुरदर्शी र राष्टवादी नेता भएको । उनले देशमा अन्तराष्टिय तत्वहरुको चलखेलवाट राष्ट्यिता नै खतरमा परेको विश्लेषण गर्दै आफु गिरप९तार पर्ने जानकारी हूदा हूदै पनि स्वदेश फर्केर देशकै जनता संग वसेर मेलमेलापको हात फैलाएका थिए ।

ईमान्दार र कर्मठ नेताहरु विपि कोईराला र गणेशमान,कृष्ण प्रसाद भट्टराईले स्थापना गरेको पार्टी हो त्यस कारण यस पार्टीलाई सूरक्षित तरिकाले भावि पूस्तामा हस्तान्तरण गरि देशको मूहार फेर्नु अहिलेको वर्तमानको आवश्यकता रहेको छ ।
प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सद्स्य दिपक गिरीले काँग्रेसको एकता आवश्यक रहेको बताए । उनले गुटउपगुटको खेती गर्दा काँग्रेसले हार व्यर्होनु परेको औंलाए ।

हालै,सम्पन्न भएका स्थानीय,प्रदेश तथा प्रतिनिधीसभाका निवार्चनमा काँग्रेसले आफ्नै पार्टीका पदधिकारीहरुलाई हराउन काँग्रस नै लागेको समेत खुलासा गरे । काँग्रसले मेलमिलाप दिवस मनाउँदै गर्दा पार्टीभित्रका फोहर मैला हटा्उन नसकेको प्रति नेतृत्वको आलोचना पनि गरे । हालै सम्पन्न महासमिति वैठकले पार्टिको विधान सवैलाई समेट्नेखालको वनाएकोले अव कोहि कसैलाई पनि अन्याय नहूने धारणा राखे ।

वर्तमान सरकारका मन्त्रीहरुको व्यवहारका कारण जनता आत्तिई सकेको धारणा राख्दै निर्मला हत्याकाण्ड,वाईडवढी विमान खरिदमा घोटला,३३ के जि सून छानमिनको क्रममा नै डिसमिस वनाउनू,सिन्डिकेट हटाउने नाममा फेरी त्यसलाई प्रोत्साहन गर्ने काम गर्नु र जनतालाई झूटा आश्वासन दिएर झुक्काउने काम गरेकोमा खरो रुपमा सरकारको आलोचना गर्नुभयो ।
यता,कार्यक्रममा बोल्दै प्रेस युनियन पर्वतका अध्यक्ष रहेका छविलाल तिवारीले नेपाली काँग्रेसको विचारक संस्थाको रुपमा रहेको प्रेस युनियनलाई पार्टीले नखोजेको गरेको आरोप लगाए । तिबारीले पार्टीले युनियनका सदस्यहरुलाई प्रयोग मात्रै गरेको तर,संरक्षण दिन नसकेको भन्दै दुःख पोखे ।
उता,नेकपा वाट प्रतिनिधी सभामा निर्वाचित सांसद पदम गिरीकी आफ्नै सहोदर भाउजु कस्तुरा गिरी काँग्रेसमा प्रवेश गरेकी छन् । हालसम्म तत्कालीन एमालेमा कृयाशिल रहेकी कस्तुरा गिरी अव कांग्रेसमा प्रवेश गरि लोकतन्त्र र समाजवादको सिद्धान्त अनूरुप कृयाशिल भई काम गर्ने वताएकी छन् ।
कार्यक्रममा महासमिति सदस्य नवराज गूरुङ्ग,वसन्त वहादूर सिके,गंगाधर तिवारी,राजेन्द्र प्रसाद तिवारी, राधा कूवर क्षेत्री,लगायतले शुभकामना दिएका थिए ।
त्यसै गरि महाधिवेशन प्रतिनिधि तथा कूश्मा नगरका प्रमूख रामचन्द्र जोशी,प्रेस यूनियनका सभापती छविलाल तिवारी,रामशर्मा पौडेल,जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञाशू,अशोक उचै ठकूरी, डाक्टार चूडामणी शर्मा,कूल प्रसाद उपाध्याय,ने वि संघका केन्द्रिय सदस्य शंकर घिमिरे,शैलेन्द्र गौडेल,नेपाली कांग्रेस पर्वत काठमाडौं संपर्क समितिका अध्यक्ष ओम शर्मा चापागाई,पर्वत पोखरा संपर्क समितिका अध्यक्ष वलभद्र शर्मा सहिद परिवारको तर्फ वाट हेम शर्मा पौडेल,टेडयूनियन कांग्रेसका जिल्ला सभापती सूरेन्द्र के सी,तरुण दलका अध्यक्ष तोरण मल्ल ( राज ),ने वि संघका अध्यक्ष मिलन सूवेदी,दलित संघका अध्यक्ष यम परियार शिव ,वडा समितिको तर्फ वाट थमनसिंह थापा लगायतले शूभकामना दिएका थिए ।
पर्वतको होटल वेन्जूमा संपन्न कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेसका जिल्ला पार्टी सभापती खिम प्रसाद भूषालले गरेको कार्यक्रममा धन्यवाद मन्तव्य उपसभापती दूर्गा वहादूर खत्रीले गरेका थिए । कार्यक्रममा स्वागत पार्टि सचिव यूक्त प्रसाद श्रेष्ठले र कार्यक्रमको संचालन सचिव विश्व प्रकास प्रसाईले गरेका थिए ।









