१४ पुस
कूश्मा पर्वत । पून यूवा क्लवले स्थापना भएको दशौ वार्षिक उत्सवमा मगर महोत्सव गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरि उक्त कूराको जानकारी गराएको हो । सामाजिक सेवामा कृयाशिल पून यूवा क्लवले स्थापना पश्चात हरेक वर्ष मगर दिवस मनाउदै आएको छ । पून यूवा क्लव स्थापना भए पछि मगरहरुको कालिगण्डकीमा शव दहनका लागी मसानघाट निर्माण,विरामीहरुका लागी एम्वूलेन्स संचालन गरेको छ । मगर संस्कृतीको संरक्षण गर्नका लागी कृयाशिल पून यूवा क्वलले हरेक वर्ष मगर दिवश मनाउदै आएको छ । यस वर्ष भने संस्था स्थापना भएको दशौ वर्ष पूगेकाले फागून ७ गते देखी १५ गते सम्म महोत्सवको आयोजना गरि भव्य रुपमा दशौ वार्षिकउत्सव तथा ३७ औं मगर दिवश मनाउने भएको छ ।
महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तूति,पालिका स्तरिय पूरुष भलिवल प्रतियोगिता,डान्स प्रतियोगिता,सोरठी प्रतियोगिता लगायतका मगर संस्कृति झल्कीने प्रतियोगिता संचालन गर्ने जानकारी गराईएको थियो । पूरुष भलिवल प्रतियोगिताको प्रथम पूरस्कार १ लाख २० हजार २ सय २२ रुपैया रहेको जानकारी गराएका थिए ।


महोत्सवमा कृषि मेला प्रदर्शनी लगायतका १ सय भन्दा वढी स्टल रहने,रमाईलो मेला,स्थानिय उत्पादनको प्रवर्धनका लागी प्रदर्शनी लगायत दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाउने र लोप हूदै गएको संस्कृतीको जगेर्ना गर्ने पून यूवा क्वलका निवर्तमान अध्यक्ष जिवन पूनले जानकरी दिए ।
पर्वतको उद्योग र पर्यटनलाई थप योगदान दिनेमा स्थानिय उत्पादनको प्रदर्शनी,कला संस्कृतीको प्रवर्धन ,विभिन्न प्रतियोगिताले महोत्सव सफल हूने कूरा पून यूवा क्लवका अध्यक्ष कृष्ण पूनले वताए । पून क्लवको प्राङगढ दुर्लुङ्गचोकमा भएको पत्रकार सम्मेलनको अध्यक्षता पून क्लवका अध्यक्ष कृष्ण पूनले गरेका थिए भने कार्यक्रमको संचालन निवर्तमान अध्यक्ष जिवन पूनले गरेका थिए ।
महोत्सवको प्रमूख आम्दानी दर्शकहरुको टिकट विक्री,विभिन्न प्रायोजक र चन्दा सहयोग रेहेको जानकारी गराईएको थियो । ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई भने परिचय पत्रको आधारमा निशूल्क प्रवेश दिने र विद्यार्थीहरुका लागी २५ प्रतिशत छुट दिने जानकारी गराएका थिए । टिकट शूल्क ८० रहने जानकारी गराएका थिए । महोत्सव वाट वचत भएको रकमले मगरहरुको संग्रालय निर्माण गर्ने क्वलका अध्यक्ष कृष्ण पूनले जानकारी गराए ।