१२ पुस
काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि गर्दै समवेदनाको साटो बधाईको सन्देश दिएको छ ।
परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा सो त्रुटी भएको हो । इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएपछि सुनामी आउँदा हालसम्म चार सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
उक्त प्रेस विज्ञप्तीको फोटो राख्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ फेसबुकमा लेखछन् । ” राष्ट्रपति बिध्यादेवी भण्डारीको शोकसन्देशलाई बधाइ सन्देशमा परिणत गर्ने यस्तो भूल को बाट,किन,कसरी हुन गयो ? सुनामीले इण्डोनेशियामा सयौंको ज्यान लिँदा त्यहाँका राष्ट्रपति जोको विडोडोलाई यताबाट बधाइ सन्देश पठाइन्छ कि शोक /समवेदना सन्देश ?”









