११ पुस

पर्वत ।  प्रसिद्ध धार्मिक तथापर्यटकीय स्थल पञ्चासेमा सुदामा र राधाकृष्णको मन्दिर निर्माण शुरु भएको छ । जुन मुर्ती विश्वकै दोस्रो ठुलो मन्दिरहुने जनाइएको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले स्थित पञ्चासे भजनकृतन मण्डलीले ५० लाख रुपैयाको लागतमामन्दिर निर्माण गर्न लागेको हो । कृष्णका भक्त सुदामा सहित राधाकृष्णको मन्दिर एसियामा नै दोस्रो भएकोभागवतवाचक पण्डित पशुपति उपाध्यायले बताउनुभयो ।

भारतको उज्जैन क्षेत्रमा मात्रै राधाकृष्ण र उनका भक्त सुदामाको मन्दिर निर्माण भएको छ ।  भक्त नभए सम्मभगवानको अर्थ नभएका कारण कृष्णभक्त सुदामाको समेत मन्दिर एकै ठाउँमा बनाई धार्मिक पर्यटकलाई आकर्षित गर्ने

लक्ष्य राखिएको छ । मन्दिरमा गौमुखी धारा, सुदामा स्नान कुण्ड सहितका संरचना समेत निर्माण गरिनेछ । कुश्मानगरपालिकाले मन्दिर निर्माणमा आर्थिक स्रोत जुटाउन सहयोग गर्ने भएको छ ।

पञ्चासे सम्म पर्यटक र दर्शनार्थी एक पटक आउनैपर्ने धार्मिक गन्तब्यको रुपमा सुदामा सहित राधाकृष्णको मन्दिरबनाउन लागिएको पञ्चासे

 भजनकृतन मण्डलीका अध्यक्ष ढाकाराम उपाध्यायले बताउनुभयो । भविश्यमा राधाकृष्ण रसुदामाको दर्शन गर्न भारतबाट समेत ठुलो संख्यामा हिन्दु धर्मालम्बी भित्र्याउने उद्देश्य राखेर मन्दिर निर्माण शुरु गरिएको उहाँको भनाई छ । मन्दिरमा आर्थिक स्रोत जुटाउँदै दर्शनार्थीका लागि थप संरचना बनाउने योजना रहेको छ ।पर्वत, कास्की र स्याङ्गजाको संगममा रहेको पञ्चासे यस क्षेत्रकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हो । यहाँ बालाचतुर्दशीमापश्चिम नेपालकै ठुलो मेला लाग्छ । प्रसिद्ध सिद्धबारह देवताको मन्दिर रहेका कारण पनि तीन वटै जिल्ला र छिमेकीजिल्लाबाट समेत भाकल पुजा गर्न ठुलो संख्यामा दर्शनार्थी

आउने गर्दछन । पर्यटनको राजधानी शहर पोखराबाट नजिकैरहेको पञ्चासे सम्म पोखराको घाटीछिना देखि केवलकार निर्माण गर्ने प्रकृया अघि बढेको छ । यसैबिच सुदामा राधाकृष्ण मन्दिरको कुस्मा नगरपालिकका प्रमुख रामचन्द्र जोशीले मंगलबार शिलन्यास गर्नुभयो ।उहाँले मन्दिर निर्माणले पञ्चासेको धार्मिक र पर्यटकीय महत्व बढाउँदै जाने बिश्वास ब्यक्त गर्नुभयो । कुस्मानगरपालिका र आफुँले मन्दिर निर्माणका लागि आर्थिक स्रोत ब्यबस्थापन गर्ने प्रतिबद्धता पनि प्रमुख जोशीले ब्यक्तगर्नुभयो । पञ्चासे भजनकृतन मण्डलीका अध्यक्ष ढाकाराम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतउपाध्यक्ष यामबहादुर क्षेत्री र सञ्चालन हिमलाल शर्माले गर्नुभएको थियो ।