२४ मंसीर
पर्वत । डिसेम्वर १० अर्थात् मङ्सिर २४ गतेका दिन विश्वभर मानवअधिकार दिवस मनाइन्छ । सन् १९४८ मा आजकै दिन संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएपछि विश्वभरि नै डिसेम्वर १० तारिखका दिन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउन शुरु गरिएको हो । पर्वत जिल्लामा मानव अधिकार संगठनले जिल्ला कारागारका कैदी वन्दीहरुका विचमा गएर मानअधिकार दिवश मनाएको छ । जिल्ला कारागार पर्वतका कार्यालय निमित्त प्रमूख प्रकाश पौडेलको प्रमूख आतिथ्यमा संपन्न भएको कार्यक्रममा कैदी वन्दीहरु संग मानवअधिकारको वारेमा छलफल तथा भेटघाट गरिएको थियो । उक्त छलफल कार्यक्रममा मानव अधिकारको वारेमा संगठनका सल्लाहकार पृथ्वीनारायण शर्माले प्रकाश पार्नुभएको थियो ।
उक्त छलफल कार्यक्रम मानव अधिकार संगठन पर्वतका उपाध्यक्ष केदारनाथ आचार्यको अध्यक्षता र कार्यक्रमको संचालन संगठनका सचिव माधव शर्माले गर्नुभएको थियो
कार्यक्रममा कैेदी वन्दीहरु,जिल्ला कारागारका प्रा स अमृत भूजेल,मानवअधिकार संगठन पर्वतका पदाधीकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।









