१८ मंसीर
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सूचनामूलक मोबाइल एप्स् सार्वजनिक गरेको छ । नगरपालिकाको सम्पूर्ण विवरण सहित सो एप्स् सोमबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो । नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभाग र स्थानीय शासन तथा सामूदायिक विभाग कार्यक्रम अन्तर्गतको सूचना तथा प्रविधिलाई सहजीकरण गर्नको लागी नगरपालिकामा मोबाईल एप्सको सुरुवात गरिएको हो । कूश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले एप्सको शुभारम्भ गर्दै ग्रामीण क्षेत्रमा पनि सूचना तथा संचार छिटो छरितो पूगोस भन्नाका लागी यो उप्स सार्वाजनिक गरिएको वताए । सूचना पाउनू प्रत्येक नागरिकको संवैधानिक अधिकार भएकाले त्यसको सुनिश्चित गर्ने उदेश्यले मोबाईल एप्सको सुरुवात गरेको बताए । उनले यसको बिकास संगै यहाँका सवै वडाका जनतामा कुश्मा नगरपालिकासंगको सम्पर्क वढ्ने बताए ।

यो एप्स् हाल एन्डोन्ड मोबाईलमा चलाउन सकिन्छ भने हप्ता दिन भित्रै सवैको पहुँचमा रहने गरी आई एसओ मोबाईलका प्रयोगकर्ताले पनि प्राप्त गर्ने नगरपालिकाले योजना बनाएको छ । मोबाईल एप्स डाउनलोड गर्नको लागि आफ्नो मोबाईलको प्ले स्टोरमा गई एप्स्लाई डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । यस एप्सबाट नगरपालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवाहरु, कार्यक्रम तथा परियोजनाहरु, ऐन कानुनहरु, बडा विवरण, महत्वपूर्ण स्थानहरुको जानकारी प्राप्त गर्न सकिन्छ ।

अब विश्वको जुनसुकै कुनाबाट पनि कुश्मा नगरपालिकाको बारेमा आफ्नो जिज्ञासा राख्न सकिन्छ । भने,एप्स् मार्फत जानकारी लिन पनि सकिन्छ ।कुश्मा नगरपालिकाका आईटी इन्जिनियर राजीब रिमालले यो प्रयोग गर्न मोवाईलको प्ले स्टोरमा गई  kushma municipality टाईप गरेर पाउन सकिने बताए । उनले अब नगरपालिकामा भएका गतिबिधी पाउँन के कसरी चलाउने भन्ने लगायतका जानकारी दिएका थिए । एप्स् सार्वजनिक कार्यक्रमा कुश्मा नगरापालिकाका उप मेयर सीता काप्ले लामिछाने, निमित्त प्रसासकीय अद्यिकृत रुद्र नारायण सापकोटा,साहयक प्रमूख जिल्ला अधिकारी डिल्लीराम शर्मा,शाखा अद्यिकृत नविन सुवेदी लगायतले आपनो धारणा राखेका थिए ।
कार्यक्रममा नगर भित्रका महत्वपूर्ण पर्यटकिय स्थानहरुको लोकसन सहितको लिड्क,वजेट निति कार्यक्रम सहतिको जिज्ञासाको उत्तर समेत प्राप्त गर्ने गरि एप्लीकेशन थप गर्न प्याप्सन पर्वतका अध्यक्ष वसन्त कूमार कर्माचार्य,पत्रकार महासंघका सचिव गणेश गिरी,वडा अध्यक्ष कृष्ण प्रसाद शर्मा,देवेन्द्र सूवेदी लगायतले सूझाव दिएका थिए ।