मंसिर १८

पर्वत । सरकारका पछिल्ला गतिविधि र कारवाहीको विरोध गदै नेपाल तरुण दल पर्वतले जिल्ला प्रशासनकार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाल तरुण दल पर्वतका उपाध्याक्ष राजेन्द्र हमालको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी ऋषिरामशर्मालाई ज्ञापन पत्र

बुझाएको हो । तरुण दलले निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्न अपराधीलाईसार्वजानिक गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।

त्यस्तै भ्रष्टाचार, सिन्डिकेट, बलात्कार, असरक्षा लगायत अनियमितता रोक्नुपर्ने भन्दै तरुण दलका युवाहरुलेज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, अराजकता रदण्डहिनतालाई राज्यले नै प्रश्रय दिएको उनीहरुको आरोप छ । साथै यस्तै अवस्था रहिरहे आफूहरु आन्दोलनको अर्कोचरणमा जाने पनि उनीहरुले चेतावनी दिएका छन् ।

साथै वर्तमान राष्ट्रपतिद्धारा नेपाली जनताको समृद्धिको चाहानालाई वाधा पुग्ने गरी १८ करोडको गाडी खरिद गरेकोकार्यप्रति गम्भीर ध्यानर्षण

भएको जनाएका छन् । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मालाईतरुण दलका माग प्रति गम्भीर भएको बताउँदै प्रधानमन्त्री समक्ष पु-याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।