१६ मंसीर
माधब पराजुली,पोखरा
गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले दिगो विकास र समृद्धिका लागि निजि क्षेत्र सँगको सहकार्यमा अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । शनिवार जेसिज लेखनाथको २१ औँ बार्षिक साधारण सभा तथा २० औँ शाखाको उद्घाटन गर्दै उनले चुनौतीलाई अवसरका रूपमा ग्रहण गर्दै दिगो विकास र समृद्धिको लागि हरेक क्षेत्र लागी पर्नुपर्ने बेला आएको बताए ।

“हिजो हामि बिभिन्न काल खण्डका लडाई लडेउ, अब हामी विकास र समृद्धि सँग लड्नुपर्ने बेला आएको छ मन्त्री लम्सालले भने”समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरिबी, अशिक्षा,पर्छौटेपन जस्ता समस्याको समाधान गर्न सकिन्छ । उनले नेपाली जनताले अधिकारको भन्दा पनि विकासको कुरा बढी सोचेकाले अहिँलेको सरकारलाई काम नगर्ने छुट कदापी नरहेकाले निजि क्षेत्र सँग सहकार्य गरेरै भएपनि जनताले स्पष्ट देख्ने गरि काम गर्नुपर्ने बताए ।
मुख्य चरणहरू पार गर्दै देश विकास र समृद्धि को युगमा प्रवेश गरेको बताउदै मन्त्री लम्सालले उद्योग,पर्यटन र कृषिको उचित प्रवद्र्धनले समृद्धिका पाइला अघि बढाउन मद्दत गर्ने औल्याए ।
मन्त्री लम्सालले हरेक चिजहरुको प्रस्सत सम्भावना रहेको देशका लागी प्रबिधि युक्त शिक्षा आवश्यक रहेको उल्लेख गर्दै सीपयुक्त र प्रविधि हितको शिक्षाले वेरोजगारी अन्त्यगर्नुका साथै देशको आर्थिक सामाजिक विकासमा दिर्घकालीन टेवा पुग्ने धारणा राखे ।
मन्त्री लम्सालले बिगतमा गरिदै आएका हरेक काम,तवर,तरिकालाई परिर्वतन गर्न आवश्यक रहेको बताउदै नयाँ ढँग बाट अगाडी बढ्नुपर्ने बताए ।
जेसीजमा आवद्ध यूवाहरु प्रति लक्षित गर्दै मन्त्री लम्सालले देशको विकासमा युवाहरुको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै समाज र देशको लागि आवश्यक परेको खण्डमा युवाहरुले जस्तो सुकै कदम चाल्न पनि तमतयार हुनुपर्नेमा जोड दिए । सामाजिक रुपान्तरण र देश विकासको लागि युवाहरुले लगनशिलता,कर्तव्यपरायणता र पारदर्शिता जस्ता मुल मर्म लाई आत्मासाथ गर्नुपर्नेमा जोड दिए ।
उनले जेसीजले विधिको शासनको महत्व, लोकतान्त्रिक व्यवस्थाप्रति युवाहरुलाई गोलवद्ध गराउने काम गरेको चर्चा गर्दै जेसिजले नेत्तृत्व र व्यक्तित्व विकास विधिको शासनका लागी युवाहरुलाई जुन तालिम र प्रशिक्षण प्रदान गर्छ । त्यो सिप सामाजिक तथा राजनैतिक व्यक्तित्वहरु समेत लनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडाध्यक्ष चेत ब.गुरुङ,नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष गोविन्द देवकोटा,पोखरा जेसिजका शिव प्रसाद कोईराला,जेसीज लेखनाथका संस्थापक अध्यक्ष बाबुराम जमर कट्टेल लगाएतले बोलेका थिए ।