१६ मंसीर
पर्वत । कुश्मा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विच भगीनी सम्वन्ध स्थापित गर्नका लागी संझौता भएको छ । म्याडिड् नगरपालिका स्पेन र लुम्वीनी संस्कृतिक यस अघि नै भगिनी सम्बन्ध स्थापित भएको छ । सम्बन्ध स्थापित गर्न कुश्मा र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख गत कात्तिकमा स्पेनको म्याडिड् नगरपालिका विचमा भेटबार्ता भएको थियो ।
पहिलो सम्बन्ध स्पेनका प्रमुख र उपप्रमुख संग कुश्मा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विचमा भइसकेको थियो । कुश्मा नगपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विच भगिनी सम्बन्ध स्थापना गर्नका लागी औपचारी संझौता भएको छ । शनिबार कुश्मामा एक औपचारीक कार्यक्रमको आयोजना गरि संझौता पत्रमा हस्ताक्षर गरिएको हो ।
कुश्मा नगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका र म्याडिड् स्पेन नगरपालिकाको भगिनी सम्बन्ध पर्यटन प्रवर्धन,प्रविधि लगायतका कार्यहरु वाट एक आपसमा विकास निमार्णका गतिबिधीमा सहकार्य गर्ने बिषयमा केन्द्रित रहने छ ।
सो,सम्बन्ध कायम तथा छलफल कार्यक्रममा कुश्मा नगरपालिकाका वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, सरकारी तथा गैह्सरकारी संस्थाका प्रतिनिधिहरु तथासरोकारवालाहरुको सहभागिता रहेको थियो । उनीहरुले विकासका लागि निजि स्वार्थ त्याग्दै बुद्ध मन , शुद्ध मन र ऋषि मनलाई आत्मसात गरि हातेमालो गर्ने वताएका थिए । लुम्बिनी सांस्कृतिक र कुस्मा नगरपालिकाको सम्बन्धलाई थप संस्थागत, मजबुत र सशक्त रुपमा अगाडि बढाउन यो संझौता ऐतिहासीक हूने वताए । कुश्मा,लुम्बिनी सांस्कृतिक र म्याडिड् स्पेन नगरपालिकाले नयाँ रचनात्मक अभ्यासको थालनी गरेको भन्दै प्रसंसा गरेका थिए ।
सो,अवसरमा म्याडिड् नगरपालिकाका सल्लाहकार जोस् म्यानेले तिृपक्ष सम्बन्ध स्थापनाले यहाँका कला संस्कृतिको सिको गर्ने वातावरण आप-नो नगरपालिकालाई हुने बताए । उनले नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक खानीको अनुपम देश रहेको वताउदै ५० वर्ष पहिले स्पेनमा नेपलका राजाले भ्रमण गरेको त्यो भन्दा वढी नेपाल संग कूनै सहकार्यको नभएको यस्तो अवस्थामा आफ्नो देशले यहाँको कला र संस्कृतिको सिको गर्न पाउने विश्वास व्यक्त गरको छन् । ईच्छा शक्ति भएमा ८,९ महिनामा नै धेरै काम गर्न सकिएको धारणा राखे । त्यस्तै उनले कुश्मा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको विकासमा अन्तराष्ट्रिय स्तरबाट सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।
आफनो् भनाई राख्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले यो सम्बन्ध स्थापित मात्र नभई कुश्माको विकासमा लुम्बिनी सास्कृतिक नगरपालिकाले निकै महत्वपुर्ण भुमिका खेल्ने विश्वास राखेको बताएका छन् । यो दुई नगरपालिका विचको एतिहासीक संझौता हो भन्दै उनले यहाँ रहेका सांकृतिक कला सम्पदा, पर्यटन क्षेत्र लगायतको बिकासमा उच्च सहयोगको अपेक्षा गरेका छन् । उनले कुश्मा नगरपालिकामा विकास निर्माण र सकारात्मक कामका लागी सहयोग गर्न सवै नगर सभाका सदस्यहरुलाई आग्रह गरे ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले लुम्बिनी विश्वमा गौतम बुद्धको जन्मस्थानको रुपमा चिनिएको हुदाँ आफु र आफनो नगरपालिका बासीले शान्ति र स्थायित्वका लागी वूद्धमन,शूद्धमन र ऋषीमन लिएर अगाडी वढेको धारणा राखे । उनले कुश्मा नगरपालिका संगको भगिनी सम्बन्धले दुई नगरपालिका विचमा सहकार्यको थालनी भइसकेको बताउँदै यहाँ प्रर्याप्त मात्रमा आन्तरीक तथा वाह्य पर्यटक लाखौंको संख्यामा भित्राउने प्रतिबद्धता पनि ब्यक्त गरे । उनले एक आपसमा दुई नगरपालिकाका जनताको सिप र क्षमता साटासाट् गर्ने कार्यमा यो सम्बन्धले ठुलो टेवा पु-याउने बताएका थिए ।
कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा का नेता ढाकाराम गौतम,नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य कूल प्रसाद उपाध्याय,एनआरएनका केन्द्रिय सल्लाहकार तथा समाजसेवी गोविन्द् सुवेदी, एनआरएन युरोपका उपसंयोजक एकराज गिरि,कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछाने,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले उक्त कार्यको प्रशसा गरेका थिए ।









