१४ मंसिर
बागलुङ— आसन्न बागलुङ उद्योग बाणिज्य संघको १७औं महाधिवेसनका लागि दुइ प्यानलले शुक्रवार उमेदवारी दिएका छन् ।मंसिर २२ गते हुने निर्वाचनका लागि कांग्रेस निकट व्यवसायी युवराज राजभण्डारी सहित राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र राप्रपाको समर्थनमा एक प्यानल र नेकपाका व्यवसायीको तर्फबाट उमेदवार दयाराम पौडेलको नेतृत्वमा अर्को प्यानल दर्ता भएको हो । एक अध्यक्ष, २ महिला सदस्य, २ उद्योग सदस्य सहित १९ सदस्यको निर्वाचन हुने प्रावधानमा ३८ जनाको उमेदवारी परेको निर्वाचन अधिकृत भूमिश्वर गौतमले बताए । राजभण्डारी बर्तमान बरिष्ठ उपाध्यक्ष हुन भने पौडेल बर्तमान महासचिव हुन् । दुवैजना १८ बर्षदेखि संघको सदस्यमा निर्वाचित हु“दै आएका छन् ।राजभण्डारीको प्यानलमा उद्योग तर्फ राजनकुमार शाक्य र ऋषि गौतम, महिला सदस्यमा अर्चना पालिखे र सितादेवी सापकोटा कंडेल रहेका छन् ।
अन्य सदस्यमा नरेश कंडेल, बिदेश कुमार श्रेष्ठ, उमाकान्त शर्मा (बाबु),श्रीजय श्रेष्ठ, दिपक हमाल, शसिकपुर श्रेष्ठ, गणेश लम्साल, निलेस राजभण्डारी, ईन्द्रमणी पौडेल (अर्जुन),छविलाल सुवेदी, नविन कुमार श्रेष्ठ, थानेश्वर सुवेदी, सहविन अर्जेजा मगर र महेन्द्रप्रसाद शर्मा सापकोटा रहेका छन् ।त्यस्तै दयाराम पौडेलको प्यानलमा उद्योग तर्फ हेमबहादुर खत्री र सन्दिप खड्का तथा महिला सदस्यमा शर्मिला खड्का र यमकला राना रहेका छन् । अन्य सदस्यमा संजयकुमार श्रेष्ठ, अर्जुन चोखाल, बद्री ढुंगाना, राजकुमार श्रेष्ठ, पुनमप्रसाद शर्मा, रामराज गुरुङ, लक्ष्मण शर्मा, अजय श्रेष्ठ (रविन),राजु खड्का, लोकेन्द्रबहादुर केसी, हरिप्रसाद आचार्य, प्रचण्ड राजभण्डारी, कृष्णबहादुर कार्की र अनिस खाती रहेका छन् ।









