१३ मंसीर

न्यूज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको बहुचर्चित कार्यक्रम सिधा कुरा जनतासँगको टिमलाई २४ घण्टा भित्र सिध्याउने दलालको धम्की आएको छ । रोजगारीको लागि आयरल्याण्ड पठाउने बाहानामा लाखौँ ठग्ने कमल कुमार न्यौपानेको गिरोहले रवि लामिछाने लगायत ‘सीधाकुरा’ टिमलाई २४ घण्टा भित्र सिध्याउने दलालको धम्की दिएको न्यूज २४ ले समाचार प्रकाशित गरेर रहस्य खोलेको हो ।

कमल न्यौपाने यिनै व्यक्ति हुन् जसले बागलुङका नविन हमाल, दिपक ढकाल, अशोक खत्री, पोखराका एक गुरुङ लगाएत धेरै जनालाई आयरल्याण्डको नक्कली भिषा थमाउँदै गृहमन्त्रीको मान्छे भन्दै धम्काउँदै हिँडीरहेको खबर सिधा कुरामा प्रसारण भएसँगै एनसेलको मोवाइल नम्बर ९८१०८९८२३४ बाट फोन गर्दै हामीले प्रमाण नहेरी रिपोर्ट बनाएको भन्दै २४ घण्टाभित्र सिध्याउने धम्की दिएको बताइएको छ ।

यति मात्रै होइन, एक अर्को भारतीय व्यक्तिलाई कुरा गर्न लगाएर २४ घण्टा हेर भन्दै ज्यान मार्ने धम्की दिए । यो धम्की विरुद्ध न्यूज २४ ले कानुनी कारवाहीका लागि केन्द्रीय अनुशन्धान व्युरो सिआइबीमा उजुरी गरिसकेको बताइएको छ । कमल न्यौपानेले आयरल्याण्डको नक्कली भिषा देखाएर नबिन हमाल, धनबहादुर डाँगी, योग गुरुङ, भानु पराजुली लगायतले उजुरी गरेका छन् । सबै जनालाई कमल कुमार न्यौपानेले दुवईमा आयरल्याण्डको लागि फिंगरिङ लिनु पर्ने भन्दै खाली कागजमा हस्ताक्षर गराएका थिए ।

https://youtu.be/mpj13sdvx6o